• हाम्रो जनकपुर डेस्क

महेन्द्रनगर,
धनुषा जिल्लाको वटेश्वर गाउँपालिका बडरी खोलामा जलाउँदै गरेको एक वृद्धको लास नियन्त्रणमा लिएको छ ।ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरी टोली वटेश्वर गाउँपालिका २ कचहरीटोल बस्ने वर्ष ८० का राम विलास ठाकुरलाई कुटपिट गरी हत्या गरेको असंकामा नजिकै रहेको बडरी खोलामा जलाउँदै गर्दा नियन्त्रणमा लिएका छन ।ठाकुरको परिवारिक सदस्यका अनुसार शुक्रवार राती लडेर गम्भीर घाइते भई उपचारको लागी नजिकै रहेको किल्निकमा उपचारको क्रममा मृत्यू भएको छ ।तर जलाउँदै गरेको ठाकुरको जिउमा डाम र टाउकोमा रगत जमेको हुँदा संकास्पत देखिएको ले पोष्टमार्टमका लागी प्रदेशिक अस्पताल जनकपुर पठाईएको प्रहरी निरिक्षक पप्पु नायकले जनकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय