जनकपुरधामः सरकारले देशभर लकडाउन समाप्त भएको घोषणा गरेसँगै धनुषा जिल्ला अदालतले आफ्ना केही कामहरु सूचारु गर्ने निर्णय गरेको छ ।

कोरोना भाईरसको विश्वव्यापी महामारीलाई मध्यनजर गर्दै सरकारले गत चैत ९ गते बन्दाबन्दीको सूचना प्रकाशन गरेको थियो । बन्दाबन्दीको अवधिमा केही सिमित कार्यहरु सम्पादन हुँदै आईरहेकोमा साउन ७ गतेदेखि लकडाउन समाप्त भएपछि धनुषा जिल्ला अदालतले आफ्ना केही कार्यहरु साउन ११ गतेदेखि पूर्ववत रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

धनुषा जिल्ला अदालतले फिरादपत्र, प्रतिउत्तरपत्र, लिखित जवाफ लगायतका निवेदनहरुको दर्ता एवं मुद्दामा म्याद, तारेख थाम्ने थमाउने सम्बन्धी कार्यहरु सूचारु गर्ने,सेवा प्रवाह गर्दा अदालतको कार्यबोझ तथा महामारीको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै साउन ११ गतेदेखि फिरादपत्र दर्ता गर्न चाहने सेवाग्राहीले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म अदालतको दायरी शाखामा पेश गरिसक्नुपर्ने जनाएको छ ।

अदालतमा हुनसक्ने भिडभाडको अबस्था र फरक मुद्दा व्यवस्थापन समेतको कार्यसम्पादन गर्नुपर्ने कारण तत्काल दैनिक १५ वटा मात्र फिरादपत्र दर्ता गर्ने समेत निर्णय गरेको हो ।

अदालत हाताभित्र प्रवेश गर्ने सेवाग्राहीलाई निर्धारित सामाजिक दूरी कायम गरि अनिवार्य रुपमा मास्क लगाएर मात्र प्रवेश गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय