• हाम्रो जनकपुर डटकम

जनकपुरधाम, साउन ७ गते ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण क्याम्पसमा पठनपाठन आजदेखि सुरू हुने भएको छ ।
त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले एक सूचना निकाल्दै ७ साउनबाट त्रिविअन्तर्गतका सबै क्याम्पस खुल्ने जनाएका हुन् ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले गत १० चैतदेखि त्रिविअन्तर्गतका सबै क्याम्पस तथा विभागहरू बन्द गर्ने तथा ११ चैतदेखि देशव्यापी लकडाउन गर्ने निर्णय गरेको थियो ।

सरकारले हिजोबाट लकडाउन अन्त्य भएको घोषणा गरेसँगै त्रिविले क्याम्पसहरू खुलाउने भएको हो ।
सभार टुडे पाटि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय