• हाम्रो जनकपुर डटकम

महोत्तरी, श्रावण ५ । महोत्तरीमा सडक मर्मत सम्भारमा ध्यान नदिएको भन्दै महोत्तरी गाउँपालिकामा स्थानीयहरुले सडकमै धान रोपी विरोध जनाएका छन् । गाउँपालिका अध्यक्ष सुनिल राय र वडाअध्यक्ष गांगा यादवको विरोधमा गाउँलेले आइतबार सडकमै धान रोपेको हो ।

महोत्तरी गाउँपालिका वडा नं. २ अनैठा गाउँबाट महोतरी स्कुल तर्फ जाने गाउँको सडकमै धान रोपेका हुन् ।

गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरुले विकासे काम सुस्त गतिमा गरेको र बनाउनु पर्ने सडकबाटो नबनाई चौरको बाटो बनाएको कारण सडक हिलाम्य भएको स्थानीयहरुको गुनासो छ ।

लगातारको वर्षाले सडक हिलाम्य हुँदा सर्वसाधारणलाई अवत जाबत गर्न समस्याभएको र गाउँमा बिजुली, सोलार नभएको स्थानीय समाजसेवी संजित कुमार ठाकुरले दुखेसो पोखे ।
तत्कालै समस्या सडक मर्मत नगरे वडा कार्यालय र नगरपालिकामा समेत बिरोधमा उत्रिने स्थानीयहरुले चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय