हाम्रो जनकपुर डेस्क

फाइल तस्बिर

लहान : सिरहामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

कर्जन्हा नगरपालिका-७ प्रेमनगरका २५ वर्षीय राजेश राउतलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । राउतले ती बालिकालाई प्रलोभनमा पारेर आफ्नो घरमा बोलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी भेडिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाही अगाडी बढाएको जिल्ला प्रहरी सिरहाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय