जनकपुरधाम : जनकपुरस्थित भानु चोकमा प्रहरीको अबरोधका बाबजुद युवाहरुले खानेपानी मंत्री बिना मगरको पुतला जलाएका छन् ।

सरकारको लापरवाहीकै कारण मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा गाडी दुर्घटनामा इन्जिनियर सतिश गोइतको मृत्यु भएको भन्दै यूवाहरुले मंत्री मगरको पुतला जलाएका हुन् । पुतला जलाउने क्रममा प्रहरी र प्रर्दशनकारी यूवाहरुबीच केहिबेर घम्साघम्सी समेत भएको छ ।

प्रर्दशनमा उत्रेका युवाहरुले भ्रष्ट सरकार मुर्दाबाद, चाइनिज कम्पनी गो ब्याक, घटनाको छानबिन गर जस्ता नारा लगाएका छन् । साथै मंत्री मगरको राजिनामा र इन्जिनियर गोइतलाई शहिद घोषणाको माग पनि उनीहरुले गरेका छन् ।

कमला नगरपालिकाका ५ घर भएका इन्जिनियर गोइतको २५ वर्षकै उमेरमा दुर्घटनामा मृत्यु भएपछि उनका आफन्त, साथीभाई र धनुषाबासी मर्माहत बनेका छन् ।

हेर्नुस् फोटोहरु :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय