यस्तै, विद्युतिय सवारी साधन दर्तामा पनि प्रदेश सरकारले चर्को कर दस्तुर लगाएको छ ।

जनकपुरधाम । नयाँ आर्थिक वर्ष २०७७/०७८ देखि सवारी साधनमा नयाँ कर दर तोकिएको छ ।
प्रदेश नं. २ मा सवारी साधनको कर अघिल्लो आर्थिक वर्षकै राखिएपनि केही सवारीमा थपघट गरिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जारी गरेको नयाँ कर दरमा ट्रयाक्टरमा कर घटाएको जनाएको छ ।

प्रदेश नं. २ को सवारी साधन करमा निजी सवारी साधनको लागि ५३ हजार रुपैयाँसम्म कर तोकिएको हो । नयाँ दरमा कार, जीप, भ्यान र माईक्रो बसको लागि १००० सिसिसम्ममा १९ हजार रुपैयाँ कर तोकिएको हो ।

यस्तै १००१ सिसिदेखि १५०० सिसिसम्मको २१ हजार रुपैयाँ, ५१०१ देखि २००० सिसिसम्मको गाडीमा २३ हजार रुपैयाँ तोकिएको छ । २००१ देखि २५०० सिसिसम्ममा ३२ हजार, २५०१ देखि २९०० सिसिसम्म ३७ हजार रुपैयाँ तथा २९०१ देखि माथिको मा ५३ हजार रुपैयाँसम्म कर लिने भएको छ ।
यस्तै, डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर र क्रेन जस्ता मेसिनरी उपकरणमा पनि कर तोकिएको छ । त्यसको लागि प्रदेश सरकारले ३५ हजार रुपैयाँ एकमुष्ट तोकेको हो । यसका साथै, मिनीटिपरको लागि २५ हजार रुपैयाँ तोकिएको हो ।

प्रदेश सरकारले अटो रिक्सा, थ्री ह्वीलर (तिनपाँग्रे, तिनपहिया) टेम्पो, ट्रेक्टर र पावर टिलरमा ५ हजारदेखि ३० हजारसम्म कर तोकिएको हो । अटो रिक्सा, थ्री ह्वीलर (तिनपाँग्रे, तिनपहिया) टेम्पोको लागि ५ हजार, ट्रैक्टरमा ४ हजार, पावर टिलरमा ३ हजार, मिनिट्रक र मिनीबसमा २२ हजार तथा ट्रक र बसको लागि ३० हजार रुपैयाँ कर तिर्नुपर्ने भएको छ ।

यस्तै मोटरसाईकल अर्थात दुई पाँग्रे सवारीको हकमा १२५ सिसिसम्मको मोटरसाईकलमा २५ सय रुपैयाँ, १२६ देखि १६० सिसिसम्म ४ हजार रुपैयाँ, २५१ देखि ४०० सिसिसम्म ८ हजार रुपैयाँ तथा सो भन्दा माथिकोमा १५ हजार रुपैयाँ कर तोकिएको हो ।

प्रदेश सरकारले सार्वजनिक रुपमा चलाउने सवारीको लागि अलगै कर कायम गरेको छ । सरकारले कार, जीप, भ्यान र माईक्रोबसको लागि वार्षिक ८ हजार रुपैयाँ देखि १७ हजारसम्म तोकेको छ ।

भाडाबाला (सार्वजनिक) गाडीको लागि १३०० सिसिसम्म ८ हजार रुपैयाँ, १३०१ देखि २००० सिसिसम्म ९ हजार, २००१ देखि २९०० सिसिसम्म ११ हजार रुपैयाँ तोकिएको छ ।
त्यस्तै, २९०१ देखि ४००० सिसिसम्मको गाडीको लागि १३ हजार, ४००० भन्दा माथिको सिसिमा १५ हजार रुपैयाँ बार्षिक रुपमा कर तिर्नुपर्ने भएको छ । डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर, क्रेन जस्ता मेसिनरी उपकरणको लागि एकमुष्ट १७ हजार रुपैयाँ भर्नुपर्ने हुन्छ ।
भाडाबाला अटोरिक्सा, थ्री ह्वीलर र टेम्पोको लागि बार्षिक ४ हजार रुपैयाँ, ट्रेक्टरको लागि २५००, पावर टिलरको लागि २ हजार, मिनीबस र मिनि ट्रकको लागि १२ हजार रुपैयाँ तथा मिनी ट्रिपरको लागि १४ हजार रुपैयाँ बार्षिक कर तिर्नुपर्ने भएको छ भने सार्वजनिक ट्रक र बसको लागि १६ हजार रुपैयाँ बार्षिक बुझाउनुपर्ने भएको छ ।

यस्तै, विद्युतिय सवारी साधन दर्तामा पनि प्रदेश सरकारले चर्को कर दस्तुर लगाएको छ । विद्युतिय मोटरसाईकलमा ५००, चारचक्का भन्दा कममा ५००० र चारचक्काभन्दा माथिमा ७५०० सम्म दस्तुर तोकेको हो ।

बागमति प्रदेशमा सवारी साधनको कर कति ?

बागमति प्रदेशले नयाँ आर्थिक वर्षको सुरुवात देखि अर्थात साउन १ गतेदेखि लागू हुने गरी विभिन्न मोडेल र क्षमताका सवारी साधनहरुमा नयाँ दर कायम गरेको छ ।

तोकिएको नयाँ करको दर अनुसार १२५ सिसिको सवारीको कर २८०० रुपैयाँ तोकिएको छ । यस्तै, सो भन्दा माथिको १६० सिसिसम्म ४५०० रुपैयाँ तोकिएको छ भने १६१ सिसिदेखि २५० सिसिसम्मको लागि ५५०० रुपैयाँ कायम गरिएको छ

२५१ देखि ४०० सिसिसम्मको लागि ९००० रुपैयाँ सवारी कर कायम गरिएको छ भने ४०१ देखि ६५० सिसिसम्मको सवारीमा २० हजार रुपैयाँ कर कायम गरिएको छ । यस्तै, ६५१ देखि माथिको सिसिमा ३० हजार रुपैयाँसम्म कर तिर्नुपर्ने भएको छ ।

यसका साथै, विद्युतिय सवारी साधनको हकमा ३५० वाट देखि १००० वाटसम्मको लागि १५०० रुपैयाँ कायम गरिएको छ । १००१ देखि १५०० वाटसम्मको सवारीमा २००० रुपैयाँ कर तोकिएको छ । यस्तै, सो भन्दा माथिको वाट क्षमता भएको विद्युतिय सवारीमा ३००० रुपैयाँ कर तोकिएको हो ।

प्रबागमति प्रदेश सरकारले सवारी दर्ता शुल्क ५०० रुपैयाँ तोकेको छ भने ब्लुबुक नविकरण दस्तुर भने निजीको हकमा १०० रुपैयाँ र सार्वजनिक, पर्यटक वा सँस्थानको हकमा ५०० रुपैयाँ तोकेको छ ।

नामससारीको लागि निजी सवारीको हकमा २०० रुपैयाँ तथा सार्वजनिक, पर्यटक वा सँस्थानको हकमा ३०० रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय