जनकपुरधाम । लकडाउनका कारण विद्यालयहरुले संचालन गरेको अनलाइन कक्षा आजबाट बन्द गरेका छन् । निजी विद्यालय सञ्चालकहरुको संगठन प्याब्सन र एनप्याब्सनले गरेको निर्णयअनुसार निजी विद्यालयले अनलाइन कक्षा बन्द गरेका हुन् ।

अनलाइन कक्षा नहुने एसएमएस हिजो नै अभिभावकको मोबाइलमा आइसकेको छ ।

त्यसैगरी विद्यालयका शिक्षक तथा कर्मचारीलाई बेतलवी घर बिदा दिने निर्णयसमेत निजी विद्यालयले गरेका छन् ।

अनलाइन कक्षा चलाएबापत शुल्क उठाउन पाउनुपर्ने लगायत आफूहरुको माग सरकारले सम्बोधन नगरेको भन्दै यस्तो निर्णय लिन आफूहरु बाध्य भएको प्याब्सन र एनप्याब्सनले हिजो जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय