वीरगञ्ज / पर्सामा एकल महिलालाई एक कार्यपालिक सदस्य सहित केही व्यक्तिहरुले कपाल काटेर गाउँ घुमाएको घटना सार्वजनिक भएको छ ।

पर्साको छिपहरमाई गाउँपालिका ३ बस्ने छोटकी जयमंगलापुरको एकल महिला उमादेवीलाई बुधबार बिहान ९ बजे सोही गाउँपालिकाका सदस्य सुवास साह कानु, संजय गिरी, मुन्नीलाल परदेशी, राजदेव शर्मा लगायत केही महिला समेतले ‘बदचलन’ भएको आरोप लगाई कपाल काटेर गाउँ घुमाएको घटना बाहिरिएको हो ।

उकत घटना सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटेका प्रहरीहरुले मुन्नीलाल परदेशी र राजदेव शर्मा सहित केही महिलाहरुलाई पक्राउ गरेको छ भने गाउँपालिका सदस्य सुवास साह कानु लगायतका केही व्यक्तिहरु फरार भएका छन् ।

पीडित महिलालाई आफन्तको जिम्मामा लगाएर पठाएको र केही व्यक्तिहरुलाई हिरासत राखिएको जिल्ला प्रहरी कार्यालय पर्सा क्राइम ब्रान्चका प्रहरी निरिक्षक रबी भुषण यादवले जानकारी दिए ।

पीडित एकल महिलाको दुई वर्ष अगाडी पतिको मृत्यु भएको थियो । उनको ५ वटा छोरी र एक छोरा छन् । परिवारका सदस्यहरुको लालन–पालनको लागि अरुको घरमा काम गरेर आफ्नो जीविकोपार्जन गरिरहेको उनले प्रहरीलाई बताइन् ।

न्युज सभार टुडेपाटि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय