सिराहा, ३१ असार । सिरहामा ५ लाख कमिसनको रकम सहित एक मेयरका छोरा लगायत दुईजनालाई अख्तियारले रङ्गेहात पक्राउ गरेको छ ।

गोप्य सुचनाको आधारमा बर्दिबासबाट खटिएका अख्तियार दुरुपयोग अनुसन्धानका टोलिले लाहान २२ को राजदेवी चौक नजिक रहेका एक पेट्रोल पम्पमा कमिसन लेनदेन गरिरहेकै बेला सन्त मण्डल र जितेन्द्र महतो पक्राउ परेका हुन ।

डिएसपी मधु कुमार थापा को कमान्डमा खटिएको टोलिले बुधबार दिउँसो १:५० मा जिल्ला सिरहा कल्याणपुर नगरपालिकाका मेयर सुर्यनाथ मण्डलका छोरा सन्त मण्डल र जितेन्द्र महतोलाई रङ्गेहात गिरफ्तार गरेको हो । कल्याणपुरका मेयर मण्डलले डिपिआर गरेको भुक्तानी दिन सेवाग्राही संग रु. ५ लाख घुस मागी आफ्नो छोरा सन्त मण्डललाई लाहानको राजदेवी चौकमा पठाएको सुचना प्राप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय