सिरहा, असार ३० गते । सिरहाको कर्जन्हा नगरपालिका ६ बेतहामा रहेको जनता आधारभूत विद्यालयलाई जग्गा दान गरिएको छ ।
स्थानीय मो तैयब सबिर र मोलबी मोहम्मदले उक्त विद्यालयलाई जग्गा दान गरेको हो । विद्यालयलाई १८ कट्ठा जग्गा दान गरिएको मो तैयवले बताए । २०५२ सालमा स्थापना भएको विद्यालयको जग्गा जग्गादाताकै नाउँमा भएपछि कर्जन्हा नगरपालिकाका मेयर गंगा पासमानले विद्यालयको नाउँमा दर्ता गराउन पहल गरेका थिए ।

लामो छलफल र प्रयासपछि विद्यालयको नाउँमा जग्गा रजिष्ट्रेशन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम महतो बताए । जग्गादान गरेसँगै मालपोत कार्यालय सिरहा परिसरमा अध्यक्ष महतोले जग्गादाताद्वयलाई गम्छा ओढाएर सम्मान गरेको थियो ।
यता कर्जन्हा नगरपालिकाका मेयर पासमानले विद्यालयको नाउँमा जग्गा दर्ता भएपछि जग्गादातालाई धन्यावाद दिदै अगामी दिनमा माध्यमिक स्तरको पठनपाठन सुचारु गराउने पहल हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय