जनकपुरधाम । लकडाउनको नियम पालन गर्न सर्वसाधारणलाई अनुरोध गरिरहादाँ पनि वेवास्ता गर्ने २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।कोरोना भाईरसको संक्रमण तथा नियन्त्रणको लागी सरकारद्धारा अत्यावश्यक काममा सवारी साधन वा पैदल हिड्दा अनिवार्य रुपमा माक्स लगाएर मात्र हिड्ने र सामाजिक दुरीलाई पालन गरी कार्य गर्न जिल्ला प्रशासन कार्यालय सिरहाले सूचना मार्फ अनुरोध गरेको थियो ।उक्त अनुरोधको वेवास्ता गर्दै हिडिरहेको अबस्थामा २५ जना व्यक्तीहरुलाई जिल्लाको बिभिन्न स्थानहरुबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिईको छ भने अन्य २९७ जना मानिसहरुलाई माक्स लगाउन लगाईतका कुराहरु सम्झाई बुझाई घर पठाईएको छ।नियन्त्रणमा लिईएकाहरुलाई संक्रमण रोग ऐन, २०२० अनुसार कार्बाहीको लागी जिल्ला प्रशासन कार्यालय सिरहा पठाईएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय