तस्करीको सामान बरामदपछि इन्चार्जकै सहयोगमा पुनः तस्करकै घरमा

रौतहट । रौतहट जिल्लाको गौर भन्सार चौकीका इन्चार्ज असई धर्मेन्द्र कुमार सिंहले आफ्नो शक्तिको दुरुपयोग गर्दै तस्करी गराउँदै आएको पाइएको छ ।
सोही चौकीका ड्यूटीमा खटिएका प्रहरी जवानले जेठ ३१ गते शनिबार राति करिब २ बजेको समयमा नेपालबाट भारत लैजाँदै गरेको अवस्थामा ४ बोरा छोकडा समातेर चौकीमा बुझाएको तर पछि सो छोगडा तस्करीकै घरमा बुझाइएको घटनाले गौर भन्सार चौकीमा व्यापकरुपमा तस्करी हुने गरेको पुष्टि भएको छ ।
छोकडा चौकीमा बुझाएर प्रहरी जवान आफ्नो डियुटीमा गइसकेपछि सोही चौकीका इन्चार्ज सिंहले समातेको छोकडा आफ्नै चौकीका अर्का घुमुवा प्रहरी जवान राम अयोध्या यादवको सहयोगमा तस्करको घरसम्म प¥ुयाउन लगाएका थिए ।
सो बारे जिल्ला प्रहरी कार्यालय रौतहट र २ नं. प्रदेश कार्यालयमा जानकारी भएपछि इन्चार्ज सिंह र चौकीको घुमुवा प्र.ज. रामअयोध्या यादव र सशस्त्रका असई अनिल कुमार यादवलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा तानिएको थियो । रौतहटको ठूलो नाका भन्ने गौर भन्सार रहेको सो क्षेत्र नेपाल भारत तस्करीको प्रमुख केन्द्र पनि हो ।
भन्सार सुरक्षा गार्ड चौकीका इन्चार्ज सिंहको संरक्षणमा खुलेआम तस्करी हुने गरेको भन्ने गौर क्षेत्र बदनाम रहेको छ । सोही जिल्लाको तल्लो तहका प्रहरीले १—२ लाख घुस खाएको आरोपमा उनीहरुको जागिर गयो तर प्रहरीले समातेको छोकडा इन्चार्ज सिंहले तस्करको घरसम्म पु¥याएको र तस्करीमा संलग्न रहेको प्रदेशसम्म जानकारी भएपनि माथिल्लो तहका जिल्ला केही हाकिम र आफ्नो लिंक प्रदेश भएका र केही ठूला दलका नेताको आशिर्वाद प्राप्त भएका सिंहलाई कारबाही नभएको बुझिएको छ ।
तस्करी गराएको र माल समातेको मालसमान तस्करको जिम्मा लगाएको आरोप लगेका नेपाल प्रहरीका असई धर्मेन्द्र कुमार सिंह, घुमुवा भन्ने प्र. ज. राम अयोध्या यादवलाई र असई अनिल यादव माथि १ महिना बित्दा पनि कारबाही टुंगिएको छैन । सिंह र यादव रौतहटको गौर भन्सार चौकीमा हँुदा तस्करीको आरोप लागेपछि उनीहरुलाई त्यहाबाट छानबिन गरी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा तानिएको थियो । तर छानबिन हाल अलपत्र रहेको स्रोत बताउँछ ।
माल समातेको २५ दिन नबित्दा अर्का असई आएको दोस्रो दिन नै तस्करीमा बाधा गराउने प्रहरीलाई त्यहाबाट हटाएर जिल्ला तानियो । रौतहटको मुख्य नाका भएका कारण त्यो भन्सार चौकीमा माथिल्लो तहको आशिर्वाद प्राप्त भएको इन्चार्जहरु जान्छन् । त्यहाँ पुरानै जवान भए तस्करी गर्न बाधा पर्ने भएका कारण असईले आएको दोस्रो दिन नै पुराना प्रहरी जवानलाई सरुवा ग¥यो । जिल्लामा तानिएको असई सिंह र घुमुवा भन्ने राम अयोध्या यादवलाई छानबिन कारबाही नगरी १५—१५ दिनको बिदा दिई यो मुद्दालाई लम्ब्याउन र दबाउन जिल्लाका केही हाकिमले खोजेको जानकारीमा आएको छ ।
सुरक्षा निकायका यस्ता इन्चार्जहरुको कारणले गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरी सङ्गठन नै पूरा बदनाम हुँदै आएको छ । यस्तो गैरजिम्मेवार व्यक्तिहरूप्रति सम्बन्धित निकायको ध्यान जान अति आवश्यक देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय