प्रधानमन्त्री ओलीको सम्बोधन माथी डा. मनोज मुक्तिको कडा टिप्पणी

आदरणीय देशभक्त मुक्ति कामी जनसमुदाय,
आज केही बेर अगाडी रात्री 8:00 बजे सम्माननीय प्रधानमन्त्री श्री खड्ग प्रसाद शर्मा ओली ज्युले नेपाल टेलिभिजन र रेडियो नेपालको माध्यमले राष्ट्र र देशवासीका नाम गरिबक्सेको सम्बोधन (रेकडिङ्ग) सुन्दा अत्यन्तै लज्जाबोध भयो,

हाम्रो बुझाई मा ” प्रम. ओली ज्यूले नेपालमा महामारी कोरोना रोकथाम, उपचार र नियन्त्रणका लागि गरिबक्सेको ब्यवस्था र ब्यवस्थापन जस्तै महाविपत बाढी-पहिरोका लागि पनि त्यस्तै ब्यवस्था र ब्यवस्थापन गरिबक्सेको बुझनमा आयो, त्यसैले आ-आफ्नो जन-धन-तन र वतनको सुरक्षा, सम्रक्षण, सम्वर्द्धन का लागि ठोस, भरपर्दो, विश्वस्त एवं निर्णायक प्रयास र पहलकदमी आफै गरौँ एवं समाज र देशलाई पनि तैयार गरौँ, श्री ३ सरकारबाट संकटकालको पनि संकेत गरिबक्सेकोले त्यसका लागि पनि मानसिक, भौतिक एवं बैज्ञानिक तवरले पनि तैयार रहन सबैमा सहर्ष अपील गर्दछौँ !”
त्यसैले हाम्रो तर्फबाट श्री ३ सरकारको चरणमा “सुझाव” यो छ कि,
सत्तालाई सुझाव,
भारतीय मिडिया प्रतिबन्धित गरिस,
बधाई छ, मुरी-मुरी धन्यवाद छ, स्वागतम !
सिमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दे,
तत्काल गोर्खा सैनिक भर्ती खारेज गर,
भारतलाई अल्टिमेटम सहितको कुटनीतिक नोट दे,
देशलाई युद्धका लागि तैयार गर,
अमेरिकी सेना भित्र्याउनै लागेको ले धन्यवाद छ !
चिनियाँ र पाकिस्तानी सेना सँग सम्पूर्ण सहयोग माँग,
आखिर मोदी र मोदी सरकारको औकात नै के छ र ?
देखियो नि सबै चुरी-फुरी उसको, चीनले औकात देखाई दिएकै हो क्यारे ?
मोदी सरकारको प्रभाव गोदी मिडियासम्म मात्रै हो, चिन्ता लिनु पर्दैन ?
भारत मै विद्वतवर्गको ठूलो तपका मोदीको कर्तुतले हैरान र परेशान छन,
आफ्नो स्वाभिमान र भूगोल बचाउन नसक्ने मोदी सँग के को डर ?
चुनावको बेला आफुलाई राष्ट्रवादी सावित गर्न मित्र राष्ट्र र छिमेकी सँग बिना कामको निहुँ खोज्ने पुरानो बानी हो मोदीको ?
यो २१औं शताब्दी हो र हामी स्वतन्त्र छौँ, हाम्रो आफ्नै गौरवमय बलिदानीपूर्ण इतिहास छ !
मर्नै परे मरिन्छ तर राष्ट्र र जनताका लागि केही गर्नैपर्ने बेला हो यो,
नेपाली झण्डा फरफराउँदै उच्च मनोबलका साथ स्वाभिमानी भई बाँच्न देउ ओली सरकार !
क्वात्रालाई देश निकाला गर !
आम मधेशी जनतालाई गोली ठोक !
नेकपाको सदस्य बाहेकलाई अनागरिक घोषणा गर !
बोल्ने-लेख्ने जति सबैलाई आतंककारी घोषणा गर !
कान्छीलाई सिउँदो भरी बालुवाटार भित्र्याउ !
लैनचौर दरबारमा तत्काल ताल्चा झुन्ड्याउ !
१९५० को सन्धि खारेज गर !
१२ बुँदे दिल्ली सम्झौता खारेज गर !
५ बुँदे नारायाणहिटी सम्झौता कार्यान्वयन गर !
नेपालको सम्पूर्ण सिमामा तारबार सहित प्रविधियुक्त शिलबन्दी गर !
आन्तरिक उत्पादनलाई प्रोत्साहन गर र वैदेशिक परनिर्भरतालाई निरुत्साहित गर !
शिक्षा एवं स्वास्थलाई पूर्णतः सरकारीकरण गर !
१००% रोजगार एवं स्व-रोजगारको ग्यारेन्टी गर !

आत्मघाती देश-बेचुवा राष्ट्रवाद जिन्दावाद – ३ !!

धन्यवाद !
डा. मनोज मुक्ति “विवेक”
(डा. मनोज कुमार झा)
राष्ट्रिय संयोजक
राष्ट्रिय जनतान्त्रिक गठबन्धन
एवं
#राष्ट्रबचाउअभियान

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय