जनकपुर– नेपाल सरकारको निर्देशन बमोजिम डिसहोम नेपालले भारतको न्युज च्यानलहरु बन्द गरेपछि असन्तुष्टि बढ्न थालेको छ ।

जनकपुरधाममा समाजवादी पार्टीका युवाहरु तथा भातृसंगठनका युवाहरुले सञ्चारमन्त्रीको खडो आदेशमा विदेशी च्यानलहरु बन्द गरेको विरोधमा जनकपुरधाममा प्रदर्शन गरेको छ ।

उनीहरुले नेपालका जनताहरु नेपालमा मात्र नभई भारत सहित विश्वभरि छरिएकाले कुनै पनि सञ्चारको हक खोस्न नहुने भन्दै नेपाल सरकारको यो निति निरंकुश शासनको उदाहरण रहेको बताए । आफुहरुले हेर्दै आएको च्यानलहरु पुनः प्रशारण नभए डिशहोमलाई बहिष्कार गर्ने र यहाँको विक्रेताहरुका साथै अधिकृत विक्रेताहरु सवै शाखाहरु बन्द गर्ने चेतावनी दिएका छन् ।

प्रदर्शनका क्रममा उनीहरुले डिशहोम मुर्दावाद नेपाल सरकार मुर्दावाद निरंकुश शासन बन्द गर सहितका नाराहरु लगाएका छन् । उनीहरुले सरकारको हरेक गतिविधी जनता विरोधी रहेको र निरंकुशता लाद्दन चाहेको समेत बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय