जनकपुरधामः पीसीआर परिक्षणका लागि प्रदेश २ सरकारले खर्चेको करोडौं रुपैयाँ अन्ततः खेर नै गएको देखिएको छ ।

सरकारले पीसीआर मेशिनका लागि मात्रै २ करोड ७० लाख रुपैयाँ खर्च गर्यो तर परिक्षण चाहीं नतिजामूखी नदेखिएपछि बन्द गरेको छ ।

पीसीआर परिक्षणमा प्रयोग हुने ‘कन्ज्युमेबल्स’ को कमीका कारण जनकपुरधामस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले आजदेखि पीसीआर रिपोर्ट आउन बन्द भएको जनाएको छ ।

लेखा शाखा र स्टोरका कर्मचारीले असहयोग गरेकाले आफूहरु सामग्री खरीद गर्न नसकेको प्रयोगशालाका प्रमुख रामविनय साहले जानकारी दिए । उनले भने,‘मैले पटक पटक मन्त्रालय र सचिवलाई लिखित पत्र नै पठाईसकेको छु तर कसैले कुनै चासो नलिएपछि यस्तो समस्या उत्पन्न भएको छ ।’ आफुलाई सामग्री खरीद गर्दा लेखा र स्टोरले समस्या खड़ा गरेको र यस विषयमा मैले सबैलाई लिखित जानकारी गराइसकेको साहको दावी छ ।

यसभन्दा पहिला पनि संघ सरकार मार्फत दुईपटक प्रादेशिक अस्पताल जनकपुरमा जडान गरिएको पोर्टेबल पीसीआर मेशिनले गलत रिपोर्ट दिएपछि जाँच बन्द गरेर तेस्रो पटक प्रदेश २ सरकारले रियल टाइम (आरटी) पीसीआर मेशिन जडान गरेको छ ।

सप्तरीको राजविराज तथा जनकपुरमा कोरोना भाइरस परीक्षणका लागि रियल टाइम (आरटी) पीसीआर मशिनसहित त्यससँग सम्बन्धित बिभिन्न १४ थान उपकरणहरु सामाजिक विकास मन्त्रालयले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत २ करोड ८२ लाख १६ हजार १ सय रुपैयाँमा खरिद गरेको छ ।

उता रौतहटको गौर जिल्ला अस्पतालमा (कोभिड-१९) रियल टाईम प्रयोगशाला स्थापना एवं सञ्चालनका लागि मन्त्रालयले १ करोड ५० लाख रुपैयाँ निकासा गरेपनि अस्पतालमा अहिलेसम्म रियल टाईम पीसीआर मेशिन जडान हुन सकेको छैन् ।

गत जेठ १९ गतेदेखि विधिवत रुपमा सञ्चालनमा आई पीसीआर परिक्षण सुरु गरेको जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले अहिलेसम्म ४ हजार ५ सय भन्दा बढि परिक्षण गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय