धनुषा,०७७ असार १९ गते ।
जनकपुरधामस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जनकपुरधामले किसानहरुको लागि खरिद गरेको लाखौंको औषधीजन्य सामाग्री स्टोरमा कुहाएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. शम्भु साहको गम्भिर लापरवाही र उदासिनताका कारण लाखौंको औषधीलगायतको अन्य सामाग्री स्टोर कक्षमै कुहिएर गन्हाउन थालेपछि असार १८ गते बेलुका स्टोरबाट समान निकालेर माटोमा गाडेका छन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रदेश २ सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयअन्तर्गत पर्दछ । मन्त्रालयले समेत लाखौंको समान अनुदानमा दिनका लागि पशु सेवा विज्ञ केन्द्रलाई दिएको छ ।

शु सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुका अनुसार किसानलाई सामान्य सिरिन्ज समेत निजी अस्पतालबाट खरिद गराउँदै आएको पशु सेवा विज्ञ केन्द्रका डा.शम्भु साहले करोडौंको भ्रष्टाचार गर्ने गरेका छन् । स्टोरमा वर्षाको पानी जमेको भन्दै लाखौंको समान कुहाउन लगाएर डा. शम्भु साहले असार मसान्त हुदै गर्दा केन्द्रको रकम कुम्ल्याउन लागि परेका छन् ।

प्रदेशका कृषि मन्त्रालयका केही कर्मचारीलगायत मन्त्रि र मन्त्रिका नजिक रहेको नेताहरुलाइ समेत आफनो प्रभावमा पार्दै आएका डा. शम्भु साहले स्टोरमा रहेका लाखौंको समान वर्षाको पानी जमेर नष्ट भएको देखाउँदै लाखौ रकम भ्रष्टाचार गर्न लागेको कार्यालयकै एक कर्मचारीले बताएका छन् ।

स्टोरमा असार १८ गते क्षिरेश्वरनाथ डटकमले गरेको छडके जाँचको क्रममा स्टोरमा रहेको अधिकांश समानमा पानीले गर्दा कुहिएर गन्हाई रहेको थियो । स्टोरमा राखिएको दराजको ४ फिटमाथिल्लो रयाकमा समेत पानीले भिजेर समान नष्ट भएकाले गर्दा स्टोरमा जानी जानी पानी छयाएको स्पष्ट देखिन्छ । जुन कुरा क्षिरेश्वरनाथ डटकमले गरेको भिडियो सुटमा स्पष्ट देखिन्छ ।

पशु सेवा विज्ञ केन्द्रका स्टोर किपर रामनरेश चौधरीले स्टोरमा वर्षाको पानी बाहिरबाट आएर समान भिजेको बताउँछन् । आफु कार्यालय सधै आउने गरेको दावि गर्ने स्टोर किपर र केन्द्रकै क्वाटरमा बस्दै आएका प्रमुख डा. शम्भु साहले स्टोरमै समान भिजाउँदै कुहाउन लगाएर औषधी खरिदको लागि असार मसान्तमा आर्थिक हिनामिना गर्न लागेको कार्यालयकै कर्मचारीले बताएका छन् ।

पशु सेवा विज्ञ केन्द्रमा विरामी पशु लिएर आउँदा केन्द्रका पशु डाक्टरहरुले किसानबाट ५ रुपैया पर्ने सिरिन्ज समेत निजि क्लिनिकबाट खरिद गराउँदै आएको तर स्टोरमा लाखौंको समान र सिरिज हजारौको संख्या कुहाउन लगाएर केन्द्रका प्रमुख साहले जनताको पैसामाथि खेलवाड गर्दै आएको नाम नबताउने शर्तमा केन्द्रमा अध्ययनका लागि आएका विद्यार्थीहरुले बताएका छन् ।

न्द्रमा करोडौंको लगानीमा नयाँ अत्याधुनिक भवन तयारी अवस्थामा रहेको वेलामा केन्द्रका प्रमुख डा. शम्भु साहले जानी जानी आर्थिक हिनामिना गर्न स्टोरमा समान कुहाउन लगाएको छ ।

यसबारेमा डा. शम्भु साहको प्रतिक्रिया लिन खोज्दा आफनो दिमाग खराव रहेको भन्दै प्रतिक्रिया दिन मानेका छैनन् । डा. शम्भु साह पत्रकारहरुले प्रतिक्रिया लिन खोज्दा वा केन्द्रकै कर्मचारीहरुले समेत कार्यालयको आर्थिकदेखि जिन्सी समानबारे चासो राख्दा आफनो दिमाग खराव रहेको भन्दै बाहानाबाजी गर्दै क्वाटरमै बस्ने गरेका छन् ।
सभार क्षीरेश्वरनाथ डटकम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय