Photo Credit : Nepalkhabar

जनकपुरधाम, असार १८ गते । आइसाेलेसनमा उपचार अभावमा मृत्यु भएका किशोर राजु सदाको लागि न्याय माग्दै जनकपुरमा भएकाे प्रदर्शनमा प्रहरीले हवाई फायर गरेकाे छ ।

दलित संघर्ष समितिको नेतृत्वमा भएको प्रदर्शनको क्रममा प्रहरीले भीड तितरबितर पार्न केही राउन्ड हवाइ फायर र अश्रुग्यास प्रहार गरेको हाे। संयौको संख्यामा गाउँ–गाउँबाट आएका प्रदर्शनकारी तोडफोमा उत्रिएपछि मुख्यमन्त्री कार्यालय नजिक अश्रुग्यास प्रहार र हवाय फायर गरेको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए ।

प्रदर्शनकारीहरु मुख्यमन्त्री कार्यालयमा प्रवेश गरि तोडफोड गर्न खोजेका थिए ।

आरडीटी रिपोर्ट पोजेटिभ आएपछि जेठ २९ गते प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा भर्ना भएका धनुषाको हंशपुर नगरपालिका ७ प्रसाहीका १६ वर्षीय किशोर राजु सदाको असार ९ गते प्रादेशिक अस्पताल जनकपुरको आइसोलसनमा मृत्यु भएको थियो ।

पछि राजुलाई झाडापखाला समेत लागेपछि कोरोना भन्दै चिकित्सकहरु उनको उपचारमा उदासिन रहे । मृत्युपछि उनमा काेराेना नरहेकाे पुष्टि भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय