जनकपुरधाम ।

पहिला कानुन पढौ- कानुनमा के छ ?
– विसं २०७५ साल भदौ १ देखि लागु भएको मुलुकी अपराध संहितामा विवाहका लागि केटा र केटी दुवैको उमेर २० वर्ष पुगेको हुनुपर्ने प्रावधान छ।

– बीस वर्ष नपुगी विवाह गरे वा गराएमा यसलाई कसुर मानेर व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने मुलुकी अपराध संहितामा उल्लेख छ।

बालविवाहका कारण गरीबी त होइन ?

समाजकै कुनै गरीब परिवारको कुरा गरौं भने उनीहरूको भनाइ छ – २० वर्ष पुगेपछि विवाह गर्नुपर्ने कानुन समुदायको संस्कृतिसँग मेल खाँदैन त्यसैले कानुनमा परिवर्तन आवश्यक छ भन्ने प्रश्न छिट्टै उठ्छ । हामी गरिब मान्छे २० वर्षसम्म छोरीलाई कसरी पाल्न सक्छौँ? त्यसैले १४-१६ वर्षमै छोरीको विवाह गर्नुपर्ने नियम चाहियो।

यी सबैको स्वाभाविक कारण भनेको उनीहरूको उमेरजन्य मनोवैज्ञानिक कारण हो, जसलाई उचित परामर्श दिन नसक्दा बालविवाह जस्तो दूरगामी असरका घटना भइरहेका छन् । कम उमेर वर्ष पुगेपछि केटाले केटी मन पराउनु स्वाभाविक हो, प्राकृतिक हो तर यो हुँदाहुँदै पनि यसलाई हामीले अप्राकृतिक बनाइदियौं । यसलाई बन्द कुरा र इज्जत विरुद्धको कुरा बनाइदियौं । त्यसैले धेरै किशोरकिशोरी आफूले ठूलो अपराध गरेको सम्झेर आत्महत्यासमेत गर्न पुग्छन् । हामीले कहिलै केटालाई केटी मन पर्नु र केटीलाई केटा मन पर्नु स्वाभाविक हो भनेर बच्चाहरूलाई सिकाएनौं । तिमीलाई मन पर्‍यो भने माया गर, बोल, कुरा गर केही बिग्रिँदैन तर विवाह उमेर नपुगी, आफ्नो खुट्टामा आफैं उभिन सक्ने नभई नगर भनेर कहिलै सिकाएनौं । खालि उनीहरूलाई डर, त्रास र मन पराउनु गलत हो भन्ने मात्र सिकायौं । बालविवाहबाट हुने असरबारे सिकाएनौं । परिणामस्वरूप बालबालिकाहरूले सानै उमेरमा विवाह गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय