महोत्तरी,

महोत्तरीको सोनमा गाउपालिकामा टिपरले पोलमा ठोकर दिएको कारन पोल भाचेपछी गाउपालिका भित्रका पाच ओटा गाउँमा अन्धकार भएको छ।

असारे बिकास बजेट को लागि गिट्टि बालुवा लगिरहेको बेला ना ८ प ८९२३ नं को टिपरले सोमबार दिउँसो २ बजेको समयमा वाडा नं १ स्थित ब्र्हमस्थान नजिकै रहेको एक पोलमा ठोकर दिदा पोल भाचेको थियो। पोल भाच्दा चारै तिर अन्धाकार छाएको थियो। पोल भाच्दा कुनै मानबिय क्षति भएको थिएन। पोल भाचेका कारन गाउपालिकाका सोनमा, तरहारी, खेस्राहा, गुलरिया र खैरबनी गाउमा लाइन अबरुध भएका छन। लाइन नभएको कारन धेरै अफ्ठयारो भैरहेको कुर स्थानियहरुको भनाइ रहेको छ।

उता पोल भाचेको खबर बिधुत प्राधिकरनलाई थाहा भएपछी पोल गाड्न प्राधिकरनको टोली घटना स्थल पुगेका थिए तर गाउमा आपसी बिबादका कारन पोल गाडन नदिएपछी सम्स्या झन जटिल बनेको कुरा स्थानिय युवा ललित कुमार यादवले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय