काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले निजी विद्यालयलाई लकडाउन अवधिको कुनै पनि शुल्क नलिन आग्रह गरेको छ ।

आइतबार निजी विद्यालयको प्रतिनिधिमूलक संस्था प्याब्सन र एनप्याब्सनले अभिभावकलाई शुल्क तिर्न आह्वान गरेपछि सोमबार अनेरास्ववियूले निजी विद्यालयको उक्त निर्णयको विरोध गर्दै शुल्क नलिन आग्रह गरेको हो ।

‘कोरोना कहरका कारण लकडाउनले गर्दा आम विद्यार्थी र अभिभावकहरु चौतर्फी रुपमा आक्रान्त भएका बेला हठात शुल्क उठाउने निजी विद्यालय सञ्चालकहरुको आह्वानको हामी घोरनिन्दा र भत्र्सना गर्दछौं,’ संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कोरोना कहरको त्रासदी, अभिभावकको विकराल अवस्था र विद्यार्थीहरुको तनावपूर्ण मनोविज्ञानलाई पूर्ण रुपमा उपेक्षा गरी विद्यालय बन्द रहेको बेला जारी गरिएको अपिललाई अवज्ञा गर्न अनेरास्ववियूले अभिभावकहरुलाई आग्रह गरेको छ ।

‘साथै यस प्रकारको असान्दर्भिक र अव्यवहारिक निर्णय तत्काल फिर्ता लिन र लकडाउन अवधि जारी रहँदासम्म कुनै पनि शीर्षकमा शुल्क नअसुल्न समेत चेतावनी दिन चाहन्छौं’ विज्ञप्तिमा भनिएको छ ।

सभार राताे पाटि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय