धर्वेन्द्र कुमार यादव(यदुवान्शी)

औरही। जनता समाजवादी पार्टी नेपाल औरही नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाईएको छ । अगामी आर्थिक बर्ष २०७७, ०७८ का लागि विनियोजित हुने बजेट तथा योजना तर्जुमामा पार्टीले आफनो तर्फबाट १० बुँदे सुझाव सहितका ध्यानकर्षणपत्र बुझाईएको हो ।

जनता समाजवादी पार्टीका नेता दरेश यादवको नेतृत्वमा सोमबार बुझाईएको ध्यानाकर्षण पत्रमा वजेट लगायतका विषयमा सुझाव दिएका हुन । विगतमा भएको कमी कमजोरीलाई सच्चाएर अगाडि बढनका लागि जनप्रतिनिधीलाई सुझाव सहित अगामी आउने बजेट पूर्णरुपमा जनमुखि हुनुपर्ने लगायतका सुझाव दिएका नेता यादवले संचारकर्मी लाई बताए । त्यस्तै नेता यादवले नगरपालिकामा सार्वजानिक सम्पतिको रक्षा लगायत एम्बुलेन्सको व्यवस्था गर्नका लागि अनुरोध सहितको ध्यानाकर्षणपत्र प्रमुख प्रशासकीय अधिकृत समक्ष बुझाएका हुन ।

त्यस्तै युवाहरुले पनि खेलकुदक्षेत्रमा विकासका लागि वजेट निकासाको माग गर्दै आजै ज्ञापनपत्र बुझाएका हुन । स्थानिय पृथ्वी नारायण साह (पीएन साह) र राजेश साह लगायतका युवाहरुले खेलकुदको क्षेत्रमा विकास गरे यहाँका युवाहरु कुलतबाट बच्न सकिने भएकोले ध्यान दिनका लागि आग्रह गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय