काठमाडौं : पछिल्लो २४ घण्टायता नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण थप एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आइतबारको नियमित ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले गुल्मीका एक जनाको कोरोनाबाट ज्यान गएको जानकारी दिए। असार ५ गते मृत्यु भएका गुल्मी छत्राकोट ५ का ६९ वर्षका पुरुषको मृत्यु भएको हो। लकडाउनकै समयमा उपचारका लागि भारत गएका ति पुरुष प्यारालाइसिसका बिरामी थिए।

असार ५ गते नमुना संकलन गरी प्रदेश प्रयोगशालामा भैरहवामा भएको परीक्षणमा कोरोना पुष्टि भएको हो।
यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या २३ पुगेको छ।

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ९ हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टायता थप ४ सय २१ जनामा कोरोना पोजिटिभ देखिएको हो।

यससँगै नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या ९ हजार २६ पुगेको छ। यसैगरी काेराेनामुक्त हुनेकाे संख्या भने १७ सय ७२ रहेकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय