जनकपुरधाम, असार ७ : जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित नुनिया कुट्टी तोडफोड गरि व्यक्तीगत रुपमा जमिन कब्जा गर्न चाहँदा महाविरचौक नजिक तनाव उत्पन्न भएको छ । तोडफोडको विरोधमा स्थानियवासी उत्रेपछि प्रहरीले चारजनालाई नियन्त्रणमा समेत लिएको छ ।

प्रह्रीले श्री महाविर युवा कमिटीका पुर्व अध्यक्ष शुनिल कुमार प्रसाद, महासचिव राजा भगत, पुर्व महासचिव अजय कुमार गुप्ता र नुनिया कुट्टीका महन्थ लक्ष्मण महतो सहित केहि स्थानियलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ । कमिटीका पुर्व महासचिव गुप्ताले दशकौं देखि रहेको हनुमान मन्दिर तोडफोड गरि व्यक्तिगत रुपमा जमिन कब्जाको विरोध गर्दा आफुहरु पक्राउ परेको बताए ।

उनका अनुसार प्रहरी समेतको मिलिभगतमा वडा नं. ५ निवासी प्रेमबाबु साहले सो जमिनमा घर ठडयाउन लागि परेपछि स्थानियले विरोध गर्दै आएका छन् । वर्षौ वर्ष देखि कट्टीको भोगचलनमा रहेको जमिन कब्जा गर्न चाहँदा आफुहरु विरोध गरेको समेत उनीहरुको भनाई छ ।

अर्को आश्चर्यको कुरो प्रहरीले पक्राउ गर्नु भन्दा विरोध गर्ने कतिपयलाई केहि व्यक्तिले नै पक्राउ गरेर प्रहरीको भ्यानमा राख्दै गरेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय