जनकपुरधाम, असार ७ : जनमत पार्टी नेपालका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले नागरिकता विद्ययेक मधेश र मधेशी विरुद्वको षडयन्त्र रहेको भन्दै आन्दोलनका लागि तयार रहन सवैलाई आग्रह गरेका छन् । पुनः आन्दोलनको लागि सबैलाई एक जुट हुन उनको आग्रह छ ।एक विज्ञप्ती जारी गर्दै उनले नागरिकता ऐन संशोधन विधेयकको विरोधमा रहेकाहरुलाई एक जुट भई आन्दोलनको लागि तयारी गर्न आग्रह गरेका हुन् । राज्य व्यवस्था तथा सुशासन समितिले संसद्मा पठाउन लागेको भनिएको नागरिकता ऐन संशोधन विधेयक मधेशी, आदिवासी, जनजाति, दलित, मुस्लिम, अल्पसंख्यक सहितका उत्पीडित वर्गका जनताहरूले पटक–पटक गरेको आन्दोलन र त्यसबाट प्राप्त उपलब्धिहरू उल्टाउने प्रतिगामी र जनचाहना विपरित रहेको बताउँदै आन्दोलनको लागि जुटन भनिएको छ ।दशकौंदेखि समान अधिकारका लागि भएका आन्दोलनहरू तथा ०६३÷०६४ सालमा भएको मधेश आन्दोलनको जगमाथि स्थापित नागरिकता सम्बन्धी अधिकारलाई खोस्ने र मधेशी, आदिवासी, जनजाति, दलित, मुस्लिम, अल्पसंख्यक सहितका उत्पीडित वर्गलाई अनागरिक बनाउनेतिर लक्षित रहेकोले सो विधेयकको विरोधमा सम्पूर्ण जनता, नागरिक समाज र राजनैतिक पार्टीहरूलाई एकजुट हुन आह्वान गर्दै विज्ञप्ती जारी गरिएको छ ।विज्ञप्तिमा कोभिड–१९ को महामारीले बंदाबंदी रहेको मौका छोपेर नेपाल सरकारले आन्दोलनका उपलब्धिहरू तथा जनताको अधिकार खोस्ने षड्यन्त्र गरे हामी सम्पूर्ण जनताहरू आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय