धनुषा/जनकपुरधाम उमनपा–१३ बस्ने रामकुमार साहको निर्देशनमा रतौली बस्ने ३० विनोद कुमार साह र लोहारपटी बस्ने ३२ वर्षीय ललन कुमार साहले २ युवतीलाई निर्घात रुपमा कुटपिट गरेको पिडित परिवारकाे आरोप छ ।
हेल्मेट, हात र मुक्का प्रहारबाट १७ वर्षीया लक्ष्मी कामी र १९ वर्षीया कौशिल्या कामी घाइते हुनुभएको पिडितद्धयका वुवा जोगेन्द्र गुप्ता कामीले बताउनुभयो । घाइतेहरुको जनकपुरधाम उमनपा–९ स्थित समर हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार भई रहेको छ ।

कौशिल्याको टाउकोमा चोट लागेकोले सिटी स्क्यान गर्नुपर्ने चिकित्सकले भनेको तर उपचार गराउने पैसा नभएकाले आफुलाई निकै तनाव भई रहेको पिडितका वुवा जोगेन्द्र गुप्ता कामीले चिन्ता ब्यक्त गर्नुभएको छ ।

यता, इलाका प्रहरी कार्यालय मुजेलियाले घटनामा सलग्न आरोपमा गिरफतार गरेको ३२ वर्षीय ललन साहलाई जेठ ३२ गते नै कोरोना भाइरसले राख्ने ठाउँ नभएको भन्दै जमानतमा रिहा गराएको असई मनोज श्रेष्ठले बताउनुभयो । पिडितहरु उपचारकै क्रममा रहेकाले आरोपितविरुद्ध प्रहरीमा उजुरी दिएको छैन् ।

इलाकामा बोलाएको बेलामा हाजिर हुने गरि जमानतमा छोडिएकाले पिडक उम्कने विषय नभएको असई श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय