प्रहरीको सुरक्षामा समाजिक दुरी कायम गरी मात्र काम गरिदिने उनले बताए ।

जनकपुरधाम । लकडाउनका कारण बन्द रहेको जनकपुर यातायात कार्यालय खोलिने भएको छ ।
आज जिल्ला प्रशासन कार्यालय धनुषामा बसेको बैठकबाट भोली (सोमबार) देखि यातायात कार्यालय खोल्ने सहमति गरिएको हो ।
संघीय सरकारको मातहतबाट प्रदेश सरकारको मातहतमा आएको यातायात व्यवस्था कार्यालय जनकपुरमा कोरोना भाइरसबाट बच्नको लागि सबै प्रक्रिया अपनाएर मात्र कार्य गरिने कार्यालय प्रमुख चन्देश्वर साहले जानकारी दिए ।
उनले भने,–“ जरिवाना सम्बन्धी झन्झट हुनेछ । यद्यपी मन्त्रालयले केही निर्णय गरेको छैन त्यस्तो तर, यहाँ प्रशासनीक बैठकबाट गत ३ महिनासम्ममा कर फेल भएकोलाई जरिवाना लाग्ने छैन । त्यो अघि कर फेल भएकाहरुलाई जरिवाना लाग्ने छ । अब कसैको २ वर्ष, कसैको ५ वर्ष फेल भएकोलाई जरिवाना माफ हुनेछैन ।”
प्रमुख साहले जरिवाना सम्बन्धी कार्य केही झन्झटिलो भएको भन्दै जरिवाना बाहेकका अन्य सबै कार्यहरु सोमबारदेखि सूचारु गर्ने सम्पूर्ण तयारी भएको बताए ।
कार्यालय सँचालनको लागि सेनिटाइजर, मास्क, समाजिक दुरीको लागि गोलो घेरा सहित अन्य समाग्रीहरु ल्याईसकेको बताउँदै भोलीको अवस्था हेरेर निरन्तरता दिने बताए ।
कार्यालयमा सेवाग्राहीहरुको भीड लाग्ने र समाजिक दुरी कायम गर्न कठिनाई हुने भन्दै प्रशासनसँग सुरक्षाकर्मी समेत माग गरेको उनले बताए ।
प्रहरीको सुरक्षामा समाजिक दुरी कायम गरी मात्र काम गरिदिने उनले बताए ।
सभार न्युज ब्युरो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय