जनकपुरधाम : धनुषामा एक जनाको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई महोत्तरीको भिठामोडबाट पक्राउ गरेको छ ।
सबैला नगरपालिका–७ स्थित लबटोली निवासी अरुण मण्डललाई गोली हानी हत्या गरेको आरोपमा लबटोलीकै श्रवण मण्डललाई प्रहरीले पक्राउ गरेको हो । मण्डललाई महोत्तरीको जलेश्वर नगरपालिका–३ स्थित भिठामोडबाट आइतबार पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक बरुणबहादुर सिंहको नेतृत्वमा खटिएको विशेष टोलीले उनलाई पक्राउ गरेको प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए । प्रहरीका अनुसार १९ वर्षीय श्रवणले २५ बर्षीय अजयमाथि गत जेठ २८ गते राति गोली प्रहार गरी हत्या गरेका थिए ।

‘अरुणको घरभन्दा २ सय मिटर पर एक पोखरीको किनारमा घटना भएको थियो। घटनामा अन्य चार जना पनि संलग्न रहेको पाएका छौँ । उनीहरुको खोजी भइरहेको छ । बाहिरबाट मादक पदार्थ सेवन गरेर त्यहाँ पुगेका रहेछन् । सामान्य विवादमा श्रवणले गोली चलाएको अनुसन्धानबाट खुलेको छ’-डीआइजी सिंहले भने ।

डीआईजी सिंहका अनुसार घट्नाका मुख्य अभियुक्त नै श्रवण हुन् । उनले घटनाको बिषयमा थप अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय