महोत्तरी,
महाेत्तरी जिल्लाकाे साेनमा गाउँपालिका वडा न ८ सिंहासनिमा शनिवार विहान दुई पक्ष विच झडपमा छ जना घाईते भएका छन। सिंहासनी स्थित उतरबारी मठमा बीस विघा जग्गा रहेकाे छ, मठका समितिले केही महीना अगाडी संयुक्त रुपमा जितेन्द्र यादव, विन्देश्वर यादव र राजिव कुमार यादवकाे नाममा ठेक्का दिएका थिए।
ठेक्का लिएकाहरुले खेत जाेत्न जाँदा वडा अध्यक्ष राजदेव यादवकाे पक्षधर काैशाल यादव, सिल्टु कम्पनी र झगरु यादव, नरेश यादव रोक्न जादा झडप सुरुभइ दुबै पक्ष बाट घाईते भएका छन।

लकडाउनमा पारर्दशि रुपमा नगरेर कागजमै सिमित राखेर ठेक्का पट्टा लगाइएको थियो, वाडा अध्यक्षको नातालेनाताले खोजबिन गर्दा असार २ गते पन्चायत गरि निकास निकाल्ने निर्णय इलाका प्रहरी कार्यालयमा भएको थियो तर जबरज्स्ती रुपमा खेत जोत्न जादा झडप भएको कुरा वाडा नं ८ का वाडा अध्य्क्ष राजदेव यादवले बताएका छ्न।

घाईतेहरुकाे उपचार प्राथमिक स्वास्थ्य केन्द्र गाैशालामा भईरहेकाे जनाएका छन भने विपक्षमा रहेकाे सिल्टुकाे वुहारी र झगरु यादवलाई निलडाम्म देखा परेकाे कुरा प्रहरी चौकी मगरथानाका इनचार्ज कमलराज भण्डारीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय