जीतेन्द्र कुमार राम

जनकपुरधाम,३१ जेठ।

गत जेठ २८ गते प्रहरी हिरासतभित्र मृत्यु भएका सम्भु सदाको परिवारलाइ सामाजिक संस्था भोरले राहत सामाग्री उपलब्ध गराएका छन।

आर्थिक रुपमा कमजोर दलित समुदायमध्ये अति नै बिपन्नको बर्गमा रहेका मुसहर समुदाय आपद पर्दा यतिबेला काम गर्ने छोरा गुमाउदा आर्थिक सहित खाधान्न संकटमा समेत परेका समय भोर प्रतिनिधि सरोज दुलालले एक महिना छाक टार्ने गरि रासन सहितका सामाग्री उपलब्ध गराएका हुन।

शम्भु सदाकी पत्नी २२ बर्षिय मनिता सदा सुत्केरी छिन,६ महिनाको काखे बच्चालाइ दूध समेत खुवाउन सकिँदैन।श्रीमान गुमाएको पिरले दिमागले काम गर्न नसकेको बताउछिन।खानपिन समेत त्यागेकी उनकि सहित बच्चाको समेत अवस्थालाइ मध्यनजर गर्दै भोरले बच्चाको लागि लिटो दूध लगायतका सामाग्री सहयोग गरेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय