जनकपुरधाम । धनुषास्थित इलाका प्रहरी कार्यालय सबैलाको थुनुवा कक्षभित्रै गत मंगलबार झुण्डिएको अवस्थामा मृत फेला परेका शम्भु सदाको अझै पोष्टमार्टम भएको छैन । सबैला नगरपालिका १२ बरकुवाका सदाको शवलाई बुधबार नै पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइए पनि अझै पोष्टमार्टम हुन सकेको छैन ।मृतक पक्षले आफ्नो चिकित्सकको उपस्थितिमा पोष्टमार्टम गर्नुपर्ने बताएपछि धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले सिरहामा कार्यरत डा. दिलिप सदालाई बोलाएका थिए । तर, प्रादेशिक अस्पतालका चिकित्सकले बाहिरका चिकित्सकसँगै पोष्टमार्टम गर्न नसकिने बताएपछि उनको पोष्टमार्टम रोकिएको हो ।https://m.facebook.com/story.php?story_fbid=293922921741663&id=100033718718073

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय