जनकपुरधाम,३० जेठ। शम्भु सादाको हत्यारामाथि कारवाहीको माँग गर्दै धनुषाको सबैला नगरपालिमा दलित समुदायहरुले विशाल विरोध आमसभा गरेका छन् ।आमसभालाई प्रहरीले बल प्रयोग गरी तितरवितर गर्न खोजेका थिए । तर त्यसका वावजूद पनि हजारौंकोे संख्यामा स्थानीयहरुले सबैला बजारमा विरोध प्रदर्शन गर्दै विरोधसभा गरेका छन् ।विरोधमा सहभागी वक्ताहरुले मृतक शम्भु सदाको हत्यारामाथि कारवाही नभएमा देशभरका दलित समुदयहरु आन्दोलन गर्ने चेतावनी दिएका छन् ।धनुषाको सबैलामा मुसहर संघद्वारा आयोजित ‘विरोध सभा’मा सहभागी वक्ताहरुले त्यस्तो चेतावनी दिएका हुन् । सहभागीहरुले शम्भु सादालाई षड्यन्त्र पूर्वक हत्या गरिएको हो । हिरासतमा राखेर हत्या गर्नेमाथि फासी हुनुपनेमाँग गरेका छन् ।‘अन्याय अत्याचार विरुद्ध प्रतिकार, शम्भु सादाको हत्यारालाई फासि’ नाराका साथ शुरु भएको ‘विरोध सभा’लाई सम्बोधन गर्दै सहभागीहरुले भने, ‘रक्षकले नै भक्षक भएपछि जनताको विश्वास गुमेछ । दलित युवालाई षड्यन्त्र पूर्वक हत्या गर्नेमाथि कारवाही नभएमा विभिन्न चरणको आन्दोलन गर्ने छौं ।’प्रहरीद्वारा हत्या आशंकामा घटनाको निष्पक्ष छानविन गरी दोषीमाथी कारबाही,पिडित परिवारलाई उचित क्षतिपुर्ति र आन्दोलनको क्रममा घाईते भएकाहरुको उपचारको माग गर्दै सबैला नगरमा विशाल विरोध प्रदर्शन गरिएको बहुजन एकता समाज नेपालका केन्द्रीय संयोजक चन्देश्वर दासले बताएका छन ।संयोजक दासका अनुसार दलितहरुको शृंखलाबद्ध सुनियोजित हत्याको विरुद्ध ३२ डिग्रि गर्मिमा पनि मधेशी दलित समुदायले धनुषा प्रहरी,नेपाल सरकारका गृहमन्त्री र स्थानीय दलाल नेतालाई चुनौती दिदैं प्रदर्शन गरिएको हो ।टेक्टर दुर्घटनाका कारण उत्पन्न विवादले जेठ १२ गते प्रहरीले पक्राउ गरी हिरासतमा राखिएका शम्भु सदा मुसहर २७ गते राती २ बजे झुण्डिएको अबस्थामा फेला परेका थिए । प्रहरी निरिक्षक चन्द्रभुषण यादब र टेक्टर मालिक संजय साह तेलीको मिलेमतोमा हत्या गरिएको पिडित परिवारको आरोप छ ।मृतककी आमालाई ईलाका प्रहरी कार्यालयमा गुपचुप लगेर जबरजस्ती इन्जेक्शन लगाई औठाछाप लगाउनु आदिले यो आत्महत्या नभई षड्न्त्रपूर्ण तरिकाले हत्या गरिएको आन्दोलनकारीहरुको भनाई छ ।नेपाल राष्ट्रिय मुसहर संघले पनि बिहिबार दोषीमाथि कारवाहीको माग गर्दै धनुषामा प्रदर्शन गरेको थियो । प्रहरी दमन मुर्दावाद, दलितमाथिको हत्याहिंसा बन्द गर, सुरक्षा दिने प्रहरी चौकीनै असुरक्षित,हिरासतमै मृत्यु, हत्यारालाई कारवाही गर लगायतको नारासहितको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।सयौंको संख्यामा रहेका युवाहरुले मोटरसाइकल यालीसहितको प्रदर्शन गर्दै प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत,मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा,जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रालय, राष्टिय मानव अधिकार आयोगको कार्यालयमा दोषीमाथी कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएको थियो ।विरोध सभामा सबैला नगरपालिका मेयर विजयशंकर साह, वडा अधयक्ष प्रदीप महतो, दलित अगुवा नेता रामस्वरुप सादा, पञ्चु माझी, तेजनारायण सदा, दीपनारायण दास सहितका व्यक्तिहरुले आफ्ना धारणा राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय