जनकपुर । धनुषा जिल्लाको सबैला नगरपालिका सबैलास्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमै एकजना युवकले झुण्डिएकाे अवस्थामा फेला परेकाे छ ।थुुनामा रहेका सबैला नगरपालिका वडा नम्बर–१२ बस्ने २३ वर्षीय शभ्मु सदा मुसहरको ई प्रहरिको हिरासत कक्षमा रहेको शौचालयमा झुन्डिएको अवस्थामा शव बरामद भएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएको थियोे ।सवारी ज्यान कसुर मुद्दामा हिरासतमा रहेका सदा गत राति २ बजे शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।हिरासतमै सदाको मृत्यु भएपछि घटना शंकास्पद रहेको भन्दै स्थानीयवासीहरुले बरकुर्वामा सडक गत आवत जावत अबरुद्ध प्रदर्शन गरिरहेका छन् ।
प्रशर्दनकारीहरुले प्रहरीको भ्यानमा समेत तोडफोड गर्न थालेपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियोे भने अवस्था तनावग्रस्त रहेको छ ।

तोडफोड गर्न थालेपछि स्थिती नियन्त्रणमा एकजना लिएको छ।त्यस्तै प्रहरी हिरासतमै मृत्यु हुनु शंकास्पद रहेको भन्दै प्रशर्दनकारीले घटनाको छानविनको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।प्रदर्शनकारीले प्रहरी चौकीमा रहेको घरकाे ढाेका (झाल) र बाहिर रहेको भ्यानमा क्षति पुगेका जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय