राष्ट्रघाती MCC खारेज गर, अमेरिकी साम्राज्यवादी आतंकवाद मुर्दावाद, चिनियाँ दोगलागिरी बन्द गर, धर्म-निरपेक्ष गणतन्त्र खारेज गर, नेपाली जनताको एउटै आवाज “राजा ल्याउ देश बचाउ”, राज-संस्था सहितको हिन्दु राष्ट्र घोषणा गर, राष्ट्रिय जनतान्त्रिक गठबन्धन जिन्दावाद, राष्ट्र बचाउ अभियान जिन्दावाद ।

डा. मनोज मुक्ति “विवेक” नेतृत्वको “जनतान्त्रिक तराई मुक्ति मोर्चा”, रामचन्द्र बानियाँ क्षेत्री नेतृत्वको “नेपाल डेमोक्रेटिक पार्टी”, लाक्पा तामाङ नेतृत्वको “राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक)” र राजिव झा नेतृत्वको “मातृभूमि सेवा दल” मिलेर गठन भएको “राष्ट्रिय जनतान्त्रिक गठबन्धन” ले “राष्ट्र बचाउ अभियान” को तहत दोस्रो चरणको आन्दोलनको कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

गठबन्धन एवं राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक डा. मनोज मुक्ति “विवेक” द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ कि देशमा ब्याप्त सबै प्रकारका भ्रष्टाचार, राज्य प्रायोजित एवं संरक्षित आतंक, लूट-खसोट, भय-त्रास, बेतिथी, अब्यवस्था, आत्मसमर्पणवादी लम्पसारवादमा आधारित प्रभुभक्तिसहितको देश-बेचुवा सोंच, चरित्र, आचरण, प्रवृत्तिका विरुद्ध संयुक्त स-सक्त मोर्चा निर्माण र “राष्ट्र बचाउ अभियान” को पवित्र अन्तिम लक्ष्य “राज संस्था सहितको हिन्दु राष्ट्र र जनतान्त्रिक शासन ब्यवस्था” स्थापनाका निम्ति सम्पूर्ण राष्ट्रभक्त, राष्ट्रवादी, जनतन्त्रवादी एकजुट हुनुको अर्को विकल्प छैन ।

साथै गठबन्धन द्वारा घोषित प्रथम चरणको आन्दोलनका कार्यक्रमहरुमा उत्साहजनक सक्रिय सहभागिता जनाई सफल बनाउनु भएकोमा गठबन्धनका सम्पूर्ण नेता-कार्यकर्ता एवं आम मुक्ति कामी जन-समुदाय प्रती धन्यवाद ज्ञापन गरिएको छ । र दोस्रो चरणको आन्दोलनका कार्यक्रमलाई सफल बनाउन गठबन्धनका नेता-कार्यकर्ता, पत्रकार/संचारकर्मी, बुद्धिजीवी-नागरिक अगुवा, नागरिक समाज,, धार्मिक संघ-संगठन, पेशागत संघ-संगठन लगायत सम्पूर्ण आम जनतालाई सक्रिय सहभागिताका लागि हार्दिक अपील गरिएको छ ।

गठबन्धन द्वारा संचालित “राष्ट्र बचाउ अभियान” को मिति 2077/02/25 गते आईतवार देखि 2077/02/32 गते आईतवारसम्म 8 दिने दोस्रो चरणका आन्दोलनका कार्यक्रम यस प्रकार रहेको छ, धर्म-निरपेक्ष गणतन्त्रको सम्बाहक एव नेतृत्वकर्ता जिवित प्रधानमन्त्रीहरु शेर बहादुर देउवा, माधव नेपाल, झलनाथ खनाल, पुष्प कमल दहाल “प्रचण्ड”, डा. बाबुराम भट्टराई र के.पि. ओली लगायतको प्रत्येक दिन एक प्रधानमन्त्रीको पुतला जलाउने, प्रत्येक दिन राष्ट्रघाती MCC सम्झौता

खारेजी र अमेरिकी साम्राज्यवादी आतंकवादको विरोधमा राष्ट्रपति डोनाल ट्रम्पको पुतला जलाउने, चीनद्वारा सगरमाथा लगायतको नेपाली भुमि अतिक्रमण एवं कब्जा गरेको बिरोधमा प्रत्येक दिन चिनियाँ राष्ट्रपति सी जिङ पिङको पुतला जलाउने, धर्म-निरपेक्ष गणतन्त्रको भण्डाफोर गर्ने र “राज संस्था सहितको हिन्दु राष्ट्र र जनतन्त्र स्थापना” सहितको भीषण जन-आन्दोलनका लागि आम मुक्ति कामी जनतालाई सु-सज्जित एवं तैयार गर्ने, घोषित आन्दिलनका नाराहरु :- राष्ट्रघाती MCC खारेज गर, अमेरिकी साम्राज्यवादी आतंकवाद मुर्दावाद, चिनियाँ दोगलागिरी बन्द गर, धर्म-निरपेक्ष गणतन्त्र खारेज गर, नेपाली जनताको एउटै आवाज “राजा ल्याउ देश बचाउ”, राज-संस्था सहितको हिन्दु राष्ट्र घोषणा गर, राष्ट्रिय जनतान्त्रिक गठबन्धन जिन्दावाद, राष्ट्र बचाउ अभियान जिन्दावाद ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय