जनकपुरधाम, जेठ २३ गते ।
जनकपुरधाममा आजदेखि लकडाउन केही खुकुलो बनाउने निर्णय भएको छ ।

जनकपुरधाम उद्योग वाणिज्य संघ, जिल्ला सुरक्षा समिति, जिल्ला समन्वय समिति एवं धनुषा चेम्बर अफ कमर्सका पदाधिकारीहरू बजार सहजिकरणका लागि बसेको संयुक्त बैठकबाट औषधि पसल बाहेकका सम्पूर्ण पसलहरु मध्याह्न १२ बजेसम्म खोल्ने निर्णय शुक्रबार गरेको हो ।

दिउँसो १ बजेसम्म सम्पूर्ण व्यवसायीहरुलाई पसल बन्द गर्न आग्रह गरेको छ ।

प्रत्येक व्यवसायीले आआफ्नो प्रतिष्ठान अगाडि अनिवार्य रुपमा सेनिटाइजर, साबुन पानी, मास्क, ग्लोब्ससहित सामाजिक दूरी पालन गरी सतर्कतापूर्वक व्यवसाय सञ्चालन गर्न तथा सुरक्षा निकायलाई सहयोग गरिदिन प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले अनुरोध गरे ।

सैलून, ब्यूटी पार्लर, सिनेमाहल, होटल र रेस्टुरेन्टहरुको हकमा हाललाई कुनै निर्णय नभएको र यथाशीघ्र यस क्लस्टर तर्फ पनि बिचार गरिने सहमति भएको धनुषा चेम्बर अफ कमर्सका उपाध्यक्ष सलामत राईनले जानकारी दिए ।

यता जिल्ला प्रशासन कार्यालयसँग आफुहरुले लकडाउनलाई खुकुलो पार्दै दिउँसो १२ बजेसम्म पसल खोल्ने सहमति गरेको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष ललितप्रसाद साहले बताए ।

प्रजिअ निरौलाले यसबाहेक जबर्जस्ती पसल खोलेमा कानून बमोजिम कारवाही गरिने चेतावनी समेत दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय