धनुषा जेठ १९ गते ।
धनुषाको बटेश्वर गापा–१ लक्ष्मीनिवासको वडा कार्यालयले सेवाग्राहीहरुसंग अवैध रकम असुली गरि रहेको खुलासा भएको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण सरकारले गरेको लकडाउनले गर्दा प्रभावित जनताहरुले विभिन्न बैंकहरुमार्फत लिएको कृषि बैंकमा ब्याज अनुदान दिने आह्वान गरेको छ ।

बैंकबाट ब्याज अनुदानको लागि वडा कार्यालयले सिफारिस दिएवापत विना रसिद काटेर बटेश्वर गाउँपालिका वडा कार्यालय १ बाट सचिव शिला कुमारी र वडाध्यक्ष शैलेन्द्र कुमार महतोको मिलिभगतमा रकम असुली गरि रहेको सेवाग्राही रामउदगार महतोले आरोप लगाउनुभएको छ ।
जेठ १८ गते वडा नं. १ बाट ६३ वटा सिफारिस दिइएको छ, प्रति सिफारिस वडा सचिव र वडाध्यक्षले एक सय रुपैया असुली गरेको छ ।

सेवाग्राहीहरुसंग सिफारिस वापत रकम लिएपनि रसिद माग्दा वडा सचिवले सेवाग्राहीलाई कार्यालयबाट तुरुन्तै निस्कन धाक धम्की दिएको बटेश्वर १ का महाविर महतोले बताए । उनले भने आफुले सिफारिस वापत एक सय रुपैया दिँदा रसिद दिनुपर्ने माग गरेपछि आफुलाई रसिद नदिई तुरुन्त कार्यालयबाट निस्कन आदेश दिएकोे बताए ।

जनप्रतिनिबाटै घुस लिए वडा सचिव

बटेश्वर गापा –१ बाट प्रत्यक्ष निर्वाचित वडा सदस्य पुष्पलाल महतोसंग समेत ६ वटा सिफारिस गरेको वापत ६ सय रकम वडा सचिवले असुली गरेको छ । वडा सदस्य महतोले भने आफुले सिफारिस वापत रकम लिए तुरुन्तै रसिद काटनुपर्ने अडान लिएपनि आफुलाई पैसा नदिए सिफारिस पेपर नदिने वडासचिवले अडान लिएपछि वडाध्यक्ष शैलेन्द्र महतोले नै प्रति सिफारिस एक सय रुपैयाको दरले दिन भनेपछि वडाध्यक्षसंग नै सापटी लिएर घुस दिएको बताएका छन् ।

वडाध्यक्षको मिलीभगतमा सचिवले रसिद नकाटि प्रति सिफारिस एक सय रुपैया असुली गर्दै आएको वडा सदस्य पुष्पलाल महतोको भनाई छ । लकडाउनका वेलामा सेवाग्राही तथा वडाका जनतालाई राहत दिनुपर्ने वेलामा वडाध्यक्षले आफु कार्यालयमा बसेर सेवाग्राहीबाट रकम असुली गरिनु गैर कानुनी भएको बटेश्वर गाउँपालिका कार्यकारी अधिकृत सावन कुमार चौधरीले बताए ।

कार्यकारी चौधरीले भने म अहिले बाहिर छु, सिफारिसवापत रकम लिएको भए तुरुन्तै सेवाग्राहीलाई रसिद दिनुपर्ने हो । यसो नभएको खण्डमा आफुले आवश्यक कारवार्ही गर्ने बताए ।

यता, बटेश्वर गापा वडा नं.१ का अध्यक्ष शैलेन्द्र कुमार महतोले लकडाउनको वेलामा बढी भिडभाड गर्न नहुने र सिफारिस लिनेहरुको संख्या धेरै भएपछि सचिवले रसिद काट्न नसकेको बताएका छन् । जेठ २३ गतेपछि सेवाग्राहीको रसिद काटने बताए ।

कार्यालय सहयोगीले सचिवको काम गर्दै

जेठ १९ गते वडा कार्यालयमा रसिद विना सिफारिस लिएका सेवाग्राहीले रसिद लिन आउने खवर पाएपछि एकाएक वडासचिव आफु विरामी भएको भन्दै कार्यालय नआएपछि कार्यालय सहयोगी सुशिल कुमारी महतोले कार्यालय संचालन गरेको छ ।

कार्यालय सहयोगीले सिफारिस लिन कार्यालयमा आएका सयौ जनाको सिफारिस पत्र तयार गर्दै प्रति सिफारिस एक सय रुपैयाको दरले रकम लिएको छ । कार्यालय सहयोगी सुशिल कुमारी महतोले भनिन् आफुलाई वडाध्यक्षले रकम लिन भनेकाले लिएर वडा सचिवलाई दिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय