जनकपुरधाम, जेठ १९ गते । जनकपुरधामबाट पेस्तोल र पाँच राउण्ड गोलीसहित एकब्यक्ति पक्राउ परेका छन् ।

महोत्तरीको लोहारपट्टी नगरपालिका-८ भ्रमपुरा बस्ने २१ वर्षीय अजिजुत राईनलाई जनकपुरबाट प्रहरीले पक्राउ गरेको हो ।

ज.४ प. ३९३३ नम्बरको मोटरसाइकलमा सवार रहेका राईनलाई जनकपुरधाम उपमहानगरपालिकाको बेल्ही चोकस्थित तेतरीया बजार नजिकैबाट प्रहरीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रमुख धिरज प्रताप सिंहले जानकारी दिए ।

पक्राउ परेका राईनको साथबाट पेस्तोलमा लाग्ने म्यागजिन ३ थान, पाँच राउण्ड गोलीसहित एक चक्कु बरामद भएको सिंहले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय