सिरहा । माछा पोखरीमा विष हालिदिँदा चार लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.१२ सिक्रौनस्थित व्यवसायी अरविन्द सहनी,सोनेलाल सहनी,नागे सहनीले पोखरी ठेक्का लिएर माछा पालन सञ्चालन गरेका थिए । पोखरीमा अज्ञात व्यक्तिले विष हालिदिएको र पोखरीका विभिन्न प्रकारका माछा मरेकाले ४ लाख रुपैयाँभन्दा बढीको क्षति भएको व्यवसायी अरविन्द सहनीले बताए ।

‘माछा पोखरीमा विष हालिदिएछन, अब मैले कसरी साहुको ऋण तिर्नु ?’ भन्दै उनले दुखेसो पोखे ।

पोखरीमा विष हालेको केही समयपछि माछा मर्नलाग्दा मात्र आफुले थाहा पाएको सहनीले बताए । पोखरीमा विष हालेका कारण मिहिनेत खेर गएको उनले गुनासो गरे । ऋण काढेर माछापालन गरेका उनले कसैले रिसिविका कारण विष हालिदिएकाले आफ्नो मेहनत र लगानी सबै खेर गएको गुनासो गरे । उनले विष हाल्ने व्यक्ति पत्ता लगाई कडा कारबाही गर्न प्रहरी समक्ष माग गरेका छन ।

घटना व्यक्तिगत रिसिइविका कारण भएको हुनसक्ने इलाका प्रहरी कार्यालय मिर्चैयाका (डिएसपी) सन्तु प्रसाद जैसवारले बताए । उनले घटनाको विषयमा सूक्ष्म तरिकाले अनुसन्धान भैरहेको (डिएसपी) जैसवारले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय