बिरगंज , जेष्ठ १४ गते बुधबार ।

नेपाली कांग्रेस पर्सा जिल्लाका सचिव श्याम पटेलले संसदीय बिकास कोषको सम्पुर्ण बजेट कोरोना कोषमा जम्मा गर्न आग्रह गर्नुभएको छ।
नेपाली कांग्रेसका पर्सा सचिव रहनु भएको श्याम पटेलले कोरोनाबाट बचाउने काम सरकारले सुस्त गतिमा गरेको आरोप लगाएका थिए ।


बिरगंज बुधबार १४ गते स्थानीय पत्रकारसँग कुरागर्दै नेपाली कांग्रेसका पर्सा सचिव पटेलले कोरोना भाइरससंग लडन सरकारले सुस्त गतिमा गरेको कामप्रती असन्तुष्ट पनि जनाएका छन। साथै सरकारलाई नेपाल भरी रहेको निजि अस्पताललाई अबिलम्ब क्वारेन्टाइन बनाउन आग्रह समेत गरेको जानकारी गराएका छन।


कांग्रेस पर्सा सचिव पटेलले लामो समय देखि लक डाउनले गर्दा गरिब निमुखा र ज्यालादारी गरेर आफ्नो जिबिका चलाउन गार्हो परेकाहरुलाई यथाशीघ्र दोस्रो चरणको राहत बाडन स्थानिय सरकारलाई जोड दिएका छ्न।
कोरोना माहामारीको बेला प्रधानमन्त्री केपि ओलिले सत्ता लम्बयाउने खेलमा लागेकोआरोप समेत लगाएका छन।


उनले भने सरकाररले नारायणी अस्पताललाई कोरोना मुक्त गरेर सबै खालको गरिबको उपचार गर्ने अस्पताल बनाएकोमा धन्यवाद पनि गरेका छन।
कांग्रेस पर्सा सचिव पटेलले कोरोना सन्क्रमितलाई नारायणी अस्पताल मा गरेको जस्तो लापरबाही गण्डक अस्पतालमा गरिए आफू र आफ्नो पार्टी चुपलागेर नबस्ने भनी आक्रोश पोख्नु भएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय