उच्च जाति’विवाहाको निहुमा रुकुममा भएको हत्या घटनाको विरोध गर्दै, निजगढ युथ क्वलका युवाहरुले निजगढमा हिजो साझ प्रदर्शन गरेका छन । पुर्वपश्चिम राजमार्गको रेडियो निजगढ नजिकबाट स्थानीय युवाहरुले शुरु गरेको प्रदर्शन शहिद चोकमा पुगेर पुन फर्र्किएको थियो ।

प्रदर्शनमा सहभागी करिव १५÷२० जना युवाहरुले हत्यारालाई कारवाही गर भन्दै प्रदर्शन गरेको थियो । जातिय विभेद अन्त्य गर । लेखिएको प्ले कार्ड बोकेर दोषिमाथि कारवाहीको लागि माग समेत गरेका थिए । रुकुममा उपल्लो जातसंग बिवाहा गर्न खोजेको आरोपमा दलित युवाहरुको हत्या गरिएको घटनाको विरोध गर्दै स्थानीय युवाहरुले प्रदर्शन गरेको क्लवका अध्यक्ष श्याम साहले जानकारी दिनुभयो । आफनी प्रेमीकासंग बिवाहा गर्न साथीसंगै पुगेका जाजरकोटका २१ बर्षिय युवक नवराज बिक र उनका दुई जना साथीको गत शनिबार रुकुममा स्थानीयको कुटपिटबाट मृत्यु भएको थियो ।

पहिला लेखिएको न्युज पनि तलदिएको छ ।

उच्च जात’ की युवतीसँग प्रेम गरेको भन्दै गाउँलेको कुटाइबाट दलित युवकको मृत्यु ।

जाजरकोट । शनिबार राति रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ ।
नवराजसँग गएका छ युवा अझै बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए । १२ युवालाई चौरजहारीस्थित प्रहरीले पक्राउ गरेको छ ।
नवराज र सोतीस्थित सुष्मा मल्लबीच लामो समयदेखि प्रेम रहेको थियो । सुष्माकै आग्रहमा नवराजले १९ युवा जाजरकोटबाट शनिबार बेलुकी सोती लिएर गएका थिए ।
केटाहरु आएको खबर सुष्माकी आमाले थाहा पाएर हल्ला गरेपछि गाउँहरुले युवालाई कुटपिट गर्दा नवराजको मृत्यु भएको प्रनाउ श्रेष्ठले जानकारी दिए । गाउँहरुले लखेट्दा अन्य छ युवा बेपत्ता रहेको उनको भनाइ छ ।
सुष्मा र नवराजबीच प्रेम रहेको थाहा पाएपछि आफन्तले सो विवाह हुन नदिन चौरजहारी प्रहरी कार्यालयमा केही समयअघि उजुरीसमेत दिएको श्रेष्ठले जानकारी दिए ।
उजुरी दिएपछि दुवै समूहबीच छलफलसमेत भएको थियो । जात नमिल्ने भन्दै चर्कोरूपमा यो प्रेमलाई अस्वीकार गरिएको केही तथ्यले थाहा हुन आएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय