राजन कुमार बानिया

पर्सा जिल्लाको धोबिनी गाउँपालिकामा रहेको
महिला सहयात्रा लधुवित्त वित्तिय संस्था शाखा कार्यालय लंगडीले अाज एक कार्यक्रम बिच धोबिनी गाउँपालिका र छिपहरामाई गाउँपालिका मा रहेको क्वारेन्टाइन मा तीस हजार बराबर को राहत स्वरुप चामल ,दाल ,आलु ,खाने तेल ,नुन समेत बितरण गरेका छन। धोबिनीमा गाउँपालिका मा रहेको महिला सहयात्रा लधुवित वितिय संस्था शाखा कार्यालय लंगडीका शाखा प्रबन्धक असलोक गिरीले धोबिनी गाउँपालिका अधयक्ष सुरेश प्रसाद कुर्मी र छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता लाई ५ बोरा चामल ,दाल ५ किलो ,आलु २५ .किलो ,नुन २५ किलो ,खाने तेल १ टीना को दरले हस्तान्तरण गरेका छन। कार्यक्रम मा लकडाउन को मध्यनजर गरि तीन फिट को दुरी कायम गरि राहत हस्तान्तरण गर्दै शाखा का प्रबन्धक गिरीले भने संस्था ले दिएको राहत बाट धोबिनी गाउँपालिका को वार्ड नं ४ मा रहेको श्री कालिप्रसाद लाखे माध्यमिक बिधालय लंगडी र छिपहरमाई गाउँपालिका वार्ड नं ५ मा रहेको श्री मंगल उच्च माध्यमिक बिधालय भिस्वा मा रहेको
क्वरेन्टाईन हरु मा रहेको लाई सहयाेग पुग्ने बताए । बिश्वब्यापी महामारी को रुपमा फैलिएको कोरोना भाईरस बाट रोकथाम को लागि सरकार ले गरेको लकडाउन को पालना गर्नु र घर भित्र बस्न, बाहिर जादा माक्स लगाउने , ३ फिट को दुरी बनाउन, साबुन पानी ले हाथधुने अाग्रह समेत गर्दै जनचेतना समेत शाखा का प्रबन्धक गिरी ले दिएका छन। लकडाउन को सम्यमा भारत र खाडिमुलुक बाट अाउने हरु लाई पहिचान गरि सुरक्षित क्वारेन्टाइन मा बस्न अाग्रह समेत गरेका छन ।राहत बितरण कार्यक्रममा महिला सहयात्रा वितिय संस्था का रितु मंडल ,हरीमहतो कमकर लगाएत को सहभागीता रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय