जनकपुरधाम, जेठ १३ गते ।

जनकपुरमा सोमबारदेखि रियल टाइम पीसीआर मेसिन सञ्चालनमा आएको छ । प्रदेश सरकारले खरिद गरेको दुईवटा मेशिनमध्ये सोमबार एउटा जनकपुरमा सञ्चालनमा आएको छ भने दोश्रो मेसिन राजविराजमा सञ्चालनमा आउन लागिएको हो ।

जनकपुरमा सञ्चालनमा आएको सो मेशिनबाट एकपटकमा ९६ वटा स्वाबको नमूना परीक्षण हुने प्रादेशिक प्रयोगशालाले जनाएको छ । एक दिनमा तीनपटकसम्म परीक्षण गर्ने क्षमता सो मेसिनको छ ।

रियल टाइम पीसीआर मेसिन जनकपुरको कदमचोक स्थित पशुपंक्षी रोग अन्वेशन प्रयोगशालामा जडान गरिएको हो ।

जनकपुरमा रियल टाइम मेशिन सञ्चालनमा आउनासाथ प्राविधिक टोली राजविराजमा जडान गरिएको अर्को मेसिन सञ्चालन गर्न प्रस्थान गरेको छ ।

यसअघि प्रादेशिक अस्पताल जनकपुरमा पहिलो र दोश्रो पटक दुईवटा पोर्टेबल पीसीआर मेसिन जडान गरिएको थियो । दुबै मेसिनले गलत रिपोर्ट दिन थालेपछि दुबै बन्द गरेर तेश्रो पटक रियल टाइम पीसीआर मिसिन जडान गरिएको हो ।
रियल टाइम पीसीआर मेसिन जडान भएपछि अब कोरोना परिक्षणको गति बढ्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय