जनकपुरधाम ।

कोरोना प्रभावले यतिबेला जरा मोटो बनाइसकेका छन।अन्तर्राष्ट्रिय स्तरमा लकडाउन छाएको छ।नेपालमा लकडाउनको ५७ दिनले व्यापार ब्यबसाय र मानव अस्तीत्व माथी ठूलो प्रहार भएको छ।दिनानुदिन महामारी र संक्रमितको संख्या न्यून हुने आस पलाउनु एक सपना जस्तो भएको छ,कहिल्यै पूरा नहुने जस्तो ।यस्तोमा घरवारविहीन भएका ,गरिव परिवार,अति बिपन्न तथा बिपन्न परिवारले कोरोनाले मार्लान नमार्लान तर भोकमरीले पहिले मार्ने भयले उनिहरु भयभित भएका छन।लकडाउन खुल्ने दिनचर्यामा पुनः लाग्ने आसमा कुरेर बन्दी जीवन बिताउदै समय ब्यतित गरिरहेका छन।प्रदेश सरकारको राहत दोस्रो चरणमा छ।कुनै पालिकामा दोस्रो चरणको राहत बाडिसकेका छन भने कुनै बितरण जारी छ त कुनैमा पहिलो चरणको राहत बितरणमा समेत जनप्रतिनिधिले आलटाल गर्दै आइरहेका छन।सवैला नगरपालिकाको वडा नं ४ मा ४०७ घरपरिवारलाई आज पहिलो र दोश्रो चरणको राहत बितरण गरिएको छ।परिवार संख्या ४ सम्मको लागि १० किलो चामल,२ किलो दाल,१ लिटर खाने तेल,१ किलो नुन २ वटा नुहाउने साबुन तथा परिवार संख्या ४ भन्दा माथिकोलाइ १५ किलो चामल ३ किलो दाल,२ किलो नुन,२ लिटर खाने तेल,३वटा नुहाउने साबुन गरि बितरण गरिएको छ।राहत पाउँदा राहतको आसमा रहेकाहरुको अनुहारमा चमक देखिएको छ।वडा नं ४ मै घुमन्ते जातिका ५ परिवारको परिवार संख्या लगभग ४५ जना छन।बिगत ६ महिनादेखी उनिहरु मागेर गुजारा गर्दै त्यही सिर्की तानेर बस्दै आएका छन।यस्तो लकडाउनको समयमा मागेर खाने समय रहेन,सरकारले बाहिर निस्किन र आउनजान समेतमा रोक लगाइदिदा आफ्ना घर पनि जान पाइएका छैनन।जसोतसो बिहान खाइ राती पिर,राती खाए बिहानको चिन्ताले चिन्तित छन उनिहरु।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय