राजन कुमार बानिया ।

बीरगञ्जको गण्डक स्थित गण्डक अस्पतालमा पनि नारायणी अस्थायी कोभिड अस्पतालको शाखाको रुपमा बिहीबारदेखि कोरोना संक्रमितहरुको उपचार शुरु भएको छ।
नारायणी अस्थायी कोभिड अस्पतालको शाखाको रुपमा स्थापना भएको गण्डक अस्पतालको आईसोलेशन कक्षमा बिहीबार २४ जना कोरोना संक्रमितहरुलाई भर्ना गरेर उपचार शुरु गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए।
२४ जना संक्रमितहरुलाई बिहीबार नै सिद्धार्थ माबिबाट स्थानान्तरण गरि त्यहाँ उपचार शुरु गरिसकिएको उपाध्यायले बताए । ‘नारायणी अस्थायी कोभिड अस्पतालको शाखाको रुपमा त्यहाँ आजदेखि उपचार शुरु गरिएको हो,उपाध्यायले भने,सिद्धार्थ माविमा रहेका २४ जना संक्रमितहरुलाई भर्ना गरेर उपचार शुरु भइसक्यो।
’कोरोना संक्रमित भई बिरगञ्जकै सिद्धार्थ माध्यमिक बिधालयको सेमि आईसोलेशनमा भर्ना भएका २४ जना संक्रमितहरुलाई गण्डक अस्पतालको आईसोलेशन कक्षमा स्थानान्तरण गरिएसँगै सोही अस्पतालमा बिहीबारदेखि संक्रमितहरुको उपचार शुरु भएको हो। उक्त अस्पतालमा अहिले कुल ५० वटा बेड रहेको तथा २४ सै घण्टा चिकित्सकहरु पनि खटाइ सकिएको मे. सु.उपाध्यायले बताए ।
त्यहाँ स्थानान्तरण गरिएका २४ सै जना संक्रमितहरु पर्सा जिल्लाकै रहेका छन । नारायणी अस्थायी कोभिड अस्पतालकै शाखाको रुपमा गण्डक अस्पताललाई अहिले नारायणी अस्थायी कोभिड अस्पताले रुपमा सञ्चालनमा ल्याइएको हो ।
बिरगञ्ज लगायत पर्सा जिल्लामा संक्रमितहरुको सँख्या बढन थालेपछि उपचारका लागि नारायणी अस्पतालले मात्रै थेग्न नसक्ने भन्दै महानगरपालिकाले गण्डक अस्पतालमा अस्थायी कोरोना अस्पताल सञ्चालनका लागि गण्डक अस्पतालका सन्चालकसंग एक महिना पहिले नै सम्झौता गरेको थियो।
कोरोना अस्पाताल सन्चालनको व्यवस्थापन खर्च महानगरपालिकाले व्यवहोरेको छ । यस्तै त्यहाँ खटिने स्वास्थ्यकर्मी र सरसफाइकर्मीको व्यवस्थापन भने नारायणी अस्पतालले गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय