काठमाडौं, जेठ ४

जिल्ला प्रहरी कार्यालय बाराको मुद्दा फाँटका एक प्रहरी जवानमा कोरोना पोजेटिभ देखिएपछि प्रहरी निरीक्षकसहित २५ जना प्रहरीलाई क्वारेन्टिनमा राखिएको छ।

कलैयास्थित जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाका प्रहरी निरीक्षकसहित संक्रमित प्रहरी जवानको सम्पर्कमा आएका २५ प्रहरीलाई जिल्ला प्रहरी कार्यालयको छेवैमा रहेको बाल मन्दिरको क्वारेन्टिनमा राखिएको हो। त्यहाँ कार्यरत प्रहरी जवानमा शनिबार कोरोना पुष्टि भएको हो।

जिल्ला प्रहरी कार्यालयका २५ प्रहरी, जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखाका तीन र सरकारी वकिल कार्यालयका तीन कर्मचारी गरी ३१ जनाको स्वाब संकलन गरिएको छ। उनीहरुको स्वाबको पीसीआर परीक्षण गरिने प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

संक्रमित प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालयमै आइसोलेसनमा राखिएको छ। उनको घर रौतहट हो। उनी २९ वैखामा घर गएर ३० गते कार्यालयमा फर्किएका जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ।

बाराका एक प्रहरी जवानसँगै अहिलेसम्म नेपाली सेना र सशस्त्र प्रहरी बलकासहित ९ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भइसकेको छ।

सभार नेपालखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय