जनकपुर- लकडाउनको अवधिमा नेपाल भारत बोर्डरबाट भारतीय बजारबाट खरिद गरीएको मालसामानहरु सीमा पार गराइदिने भन्दै व्यापारीहरुबाट अवैध रुपमा रकम असुली गर्दै आएका मनोज मिश्रलाई महोत्तरी प्रहरीले आज पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले आज (म‌ंगलबार) मिश्रलाई उनको घरबाटै पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीले मिश्रलाई पक्राउ गरीएको पुष्टि गरेको छ ।
जिल्ला प्रही कार्यालय महोत्तरीका ईन्सपेक्टर केदार बस्नेतको अनुसार मनोज मिश्रलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

शिरीष न्यूज डटकम मा ‘ हाकिमहरुको नाम लिदै लुट धन्दामा मिश्र सक्रिय : किन हुँदैन कार्वाही ?‘ शिर्षकको समाचार प्रकाशन हुनुको साथै अन्य संचारमाध्यमहरुमा पनि प्रकाशन भएपछि प्रहरीले कार्वाही प्रकृया अगाडि बढाएको हो ।

विगत देखि कै असुली धन्दाका कारण नेपाल प्रहरी र सर्वसाधारण नै उनबाट पीडित भएको घट्ना बाहिरिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रदेश २ लाई कार्यक्षेत्र बनाएर धनुषा र महोत्तरीको प्रहरी र सर्वसाधारणलाई दुःख दिने मिश्रले कहिले आफूलाई नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका डिआइजीको घुमुवा हुँ भन्ने त कहिले भन्सार कार्यालयका हाकिमको घुमुवा हुँ भनी खुलेआम रूपमा हाकिमहरु समेतलाई गुमराहमा राखी रकम असुल्ने कार्य गर्दै आएको प्रकरणमा पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

सभार शिरीष न्यूज डटकम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय