काठमाडौं ।पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानस्थित निवासबाट आज बिहान सवारी साधन पास लिएर काठमाडौं फिर्ता भएका छन् । कोभिड –१९ को रोकथामका लागि सरकारले चैत ११ गते बन्दाबन्दी लागू गर्नुअघिदेखि उनी झापामा रहेका थिए ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल शाहसमेत पाँच जनाको सवारी पास जारी गरिएको बताए । पूर्वराजा शाहका तर्फबाट उनको सचिवालयले काठमाडौं जानका बिहीबार झापा जिल्ला प्रशासन कार्यालयमा सवारी पासका लागि इमेलबाट निवेदन पठाएको थियो ।

अन्तरजिल्ला सवारी पासका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलमा निवेदन पठाएपछि मन्त्रालयले स्वीकृति प्रदान गरेको प्रजिअ रानाले जानकारी दिए। पत्रमा जिल्ला प्रशासन कार्यालय, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सिन्धुली, काभ्रेपलान्चोक, भक्तपुर, काठमाडौं बोधार्थ दिइएको छ।

शनिबार (जेठ ३) गतेदेखि लागू हुनेगरी मन्त्रालयले जिल्लाभित्र सवारी साधन सञ्चालनका लागि दिइएका सबै पास खारेज गर्ने निर्णय गरेको छ। यसअघि कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिदै गएपछि गृहमन्त्रालयले आवतजावतमा कडाई गर्ने निर्णय गर्दै जेठ १ गतेदेखि एक जिल्लादेखि अर्को जिल्लामा अनुमति दिइएका इपास र अन्य पास रद्द गर्ने निर्णय गरेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय