तस्बिर संकेत अनुसार

काठमाडौं । गृह मन्त्रालयले जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि खारेज गर्ने निर्णय गरेको छ ।गृहमा बिहीबार बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले अनलाइनखबरसँग भने, ‘शनिबारबाट लागू हुने गरी यो निर्णय गरेका हौं ।’यसअघि गृहले एक जिल्लाबाट अर्को जिल्ला हिँड्ने गरी वितरण भएका सबै पास रद्द गरिसकेको छ । सवारी पास लिएका हिँडेका व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिन थालेपछि गृहले थप कठोर बन्ने निर्णय गरेको अधिकारीहरू बताउँछन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय