जनकपुरधाम, बैशाख ३१ गते ।

पटक पटक बलात्कार गरेको आरोपमा प्रादेशिक अस्पताल जनकपुरका एक डाक्टर पक्राउ परेका छन् । झापाकी एक २८ वर्षीया महिलाको उजुरीको आधारमा प्रादेशिक अस्पताल जनकपुरका फिजियो थेरापी ३५ वर्षका डा. राजेश मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

झापा घर भई जनकपुर बस्दै आएकी ती महिलाले आफुलाई पटक पटक जवरजस्ती करणी गरेको प्रहरीमा उजुरी दिएपछि डा. मण्डललाई पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

ती महिलाले गएको बैशाख २७ गते जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गराएकी थिइन् । सोहि दिन डाक्टर मण्डललाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक कार्कीको भनाई छ ।
सभार टुडेपाटी

प्रदेशिक अस्पताल जनकपुरका एक स्वास्थ्यकर्मी बलात्कार आरोपमा पक्राउ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय