नेपालमा अहिले कोरोना Vs मातृभूमिको अवस्था सृजना भएको देखिन्छ ! तर, ज्यान भन्दा राष्ट्र नै ठूलो हुन्छ भन्ने सिद्धान्त र मान्यतालाई नकार्न सकिन्न ! त्यसले एकजुट हौँ र दलाल, राष्ट्रघाती, देश-बेचुवा, फटहाहरु को बिरुद्ध शंखनाद गरौं !

“धर्म-निरपेक्ष संघीय लूटतान्त्रिक GUNतन्त्र” र त्यसका सर्जकहरुलाई पशुपति आर्यघाटमा बैन्ड- बाजा-बारातका साथ यथासिघ्र विसर्जन गरौं ।

आत्म-आलोचना, प्रायश्चित, भुलसुधार नै मानवता हो र मानवीय गुण पनी, नभए जीवबिज्ञानले मानवलाई पनि जनावर नै भन्छ “Social Animal”।

म आज सार्वजनिक आत्म-आलोचना एवं प्रायश्चित गर्दैछु र आजै अहिलेदेखि नै भुलसुधार गर्न आफनो सम्पूर्ण शक्ति परिचालन गर्ने सार्वजनिक बचनबद्धता व्यक्त गर्दछु । मैले आफुलाई आफैले आफनो सम्पूर्ण मुल्यांकन गर्दा, मैले आफनो जीवनकालमा गरेको सबभन्दा ठूलो गल्ती “61/62 को जन-आन्दोलन ” र त्यस पश्चातका नेपाल भित्र भएका सबैखाले आन्दोलनहरुमा आफनो सम्पूर्ण शक्तिले भ्याएसम्मको नेतृत्वदायी भुमिका खेल्नु नै हो ! तर त्यो मेरो तत्कालीन अवस्थामा मेरो उमेर र देश, काल, परिस्थिति, समयको हिसाबकिताबले ठिकै पनि थियो कि ? पनि विश्लेषण गर्दछु, कहिलेकाही । किनभने मैले त “संघीय लोकतान्त्रिक नेपाल” का लागि संघर्ष गरेको थिए, मलाई के थाहा कि नेपाल “कृश्चन मुलुक” हुँदैछ ? नेपालको शासन ब्यवस्था “संघीय लूटतान्त्रिक GUNतन्त्र” हुनेबाला छ ? भ्रष्ट, दलाल, लम्पसारवादी, बलात्कारी, देश-बेचुवा, कमिसनखोर, राष्ट्रद्रोही, नैतिकपतन, आफ्नै आमको चीरहरण गर्ने, आतंककारीहरुले म र मेरो देश माथी शासन गर्नेछन् ?, मलाई नै आतंककारी भन्नेछन, स-परिवारलाई शारीरिक, मानसिक, आर्थिक, सामाजिक, राजनीतिक, न्यायीक, प्रशासनिक चरम यात्ना दिनेछन् ?, मेरो लेख्ने, बोल्ने, बिबेचना गर्ने, आलोचना गर्ने, बिरोध गर्ने, समर्थन गर्ने लगायतका मौलिक अधिकार, राजनीतिक अधिकार, मानवअधिकार र स्वतन्त्रताहरु खोस्ने छन् र मलाई एक करदाता, मतदाता, गुलाम बनाउने छन !

नितान्त ब्यक्तिगत स्वार्थसिद्धीका निम्ति राष्ट्र नै बेच्ने (भूमि – जल-थल-वायु , सुरक्षा, जनता, कार्यपालिका, न्यायपालिका, ब्यवस्थापिका नै बेच्ने) मेरा शासकबर्ग, के यहि हो तिम्रो बर्गीय लडाई ?, बिभेदमुक्त न्याय ?, राष्ट्रवाद ?, स्वाधीनता ?, तिम्रो धर्म-निरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्र ? र हो भने मलाई चाहिदैन, र म आज तिमीहरूलाई सार्वजनिक चुनौती दिदैछु, यसलाई जडैदेखी उखेलेर फाल्न र यसका अवशेष सहित समुल नष्ट गर्न आफनो सम्पूर्ण शक्ति केन्द्रित गर्छु ।

बिनाकसुर नै, म पनि नेपाली हुँ भन्दा आफनै दाजुभाइ – दिदिबहिनीलाई सिधै टाउकोमा गोलि ठोकने तिमीहरू, देश कै प्रशासकीय केन्द्र, राष्ट्रिय गौरवको प्रतिक सिंहदरबार कै ढोकामा तिमीहरूलाई चिनियाँ नागरिकको एक एकदमै सानो समुहले दिनदहाडै लत्तम-चुत्तम गर्दा (बर्दीमाथी हम्ला हुँदा) किन मौन ?, चीन सरकारले सगरमाथाको उचाई नापदा किन मौन ?, चीनले सगरमाथा हाम्रो हो भन्दा किन मौन ?, भारत र चीनले हजारौं-लाखौं हेक्टर नेपाली भूमि मिच्दा किन मौन ?, 12 वर्षदेखि निरन्तर भारतले लिपुलेख-लिपियाधुरामा सडक निर्माण गरिरहदा किन मौन ?

महाकाली बेच्यौ, टनकपुर बेच्यौ, लिपियाधुरा – लिपुलेक बेच्यौ, कोसी-कमला-नारायणी-बागमती-कर्णाली-राप्ती-बबई बेच्यौ, सबै नदी-नाला, बन-जंगल, प्राकृतिक स्रोत-साधन बेच्यौ रे भनेर सुन्दैछु, आखिर वास्तविकता के हो ?, तिमीहरूले हालसम्म नेपालको आधिकारिक नक्सा किन जारी गरिरहेका छैनौं ? यस्ता-यस्ता अनगिन्ती प्रश्नहरु आम जनताको मन-मस्तिष्कमा उबजिएको छ, जनता जान्न चाहन्छन, यो अन्यौल र कल्पनाको सागरबाट बाहिर निकाल्ने दायित्व कस्को ? पैसा, मान, पदवी, कुर्सी कै निम्ति सम्पूर्ण मठ-मन्दिर, धर्म-संस्कृति-परम्परा-इतिहास-सभ्यता लाई तिलान्जली देने तिमीहरू, के तिमीहरुमा मानवता र संस्कार बिलुप्त भएकै हो त ? जिम्मेवारी, दायित्व, नैतिकता, कर्तव्यबोध, चेतना हराएका तिमीहरूलाई आखिर के का लागी र किन, कसरी राष्ट्र र जनताका तारणहार मानौं म ?

यी खुनखार उग्र आत्मघाती राष्ट्रघाती गणतन्त्रवादीहरुले गरिरहेका नेपाल आमाको चीरहरण कहिकेसम्म हामी देखिरहेने त ? राज्यको दोहन र जनताको शोषण कहिलेसम्म सहेर बस्ने त ? आफनो देशको भु-भाग र सिमा मिचेको बिरोधमा शान्तिपूर्ण आवाज उठाउँदा या शान्तिपूर्ण आन्दोलन गर्दा किन समातिन्छन त नेपालीहरु ?, ती शान्तिपूर्ण आन्दोलनकारी माथि निर्मम बल प्रयोग किन र कसको ईसारामा गरिन्छ त ? “देशको साँचो (चाभी) अन्तै छ”, भान्नेहरु सित सोध्न जाहन्छु कि तिम्रो राष्ट्रवाद र राष्ट्रभक्ति यहि हो ? हे रिमोट-कन्ट्रोलबाट संचालित शासन सत्तामा पदासिन कितृम-मानवहरु तिम्रो आत्मा मरेकै हो त ?

हामी नेपाली पनि अचम्मैको छौं, दोषी को ? छुट्याउनै नसक्ने ! राष्ट्रद्रोही नेताको भाषण र राजनीतिक आस्थाका आधारमा बाँदर जस्तै बुरुक्क बुरुक्क उफ्रिने । आफनो स्व-विवेक प्रयोगै नगरी भेंडा जस्तै लतरिने ! पाखण्डीहरुको पाखण्डको मतियार सजिलै हुने ! होईन हौ, बेच्ने दोषी कि किन्ने ? किन्नेले उचित दाम तिरेर किने के को दोषी ? कठालो समातेर सडकमा तछार-मछार पार्दै कहिल्यै नउठनेगरी ढाड भाँच न ती पापीहरुको जसले हाम्रो भूमि बेचे । 12 वर्षमा को-को प्रधानमन्त्री, बिदेशमन्त्री, गृहमन्त्री, रक्षामन्त्री भए सबैको सुची बनाउ अनि ठोक देश-बेचुवा राष्ट्रघातीहरुलाई । कुटनीतिक नियोग घेराउ या अर्काको देशको प्रधानमन्त्रीको पुतला दहन किन नी ? सक्छौ आफनै तथाकथित जनप्रतिनिधि र राष्ट्र प्रतिनिधिहरुलाई सडकमा लतार न, सिंहदरबार – बालुवाटार घेर्ने आँट गर न ! सिंहदरबार – बालुवाटारको पर्खाल भत्काउ न । हाम्रो आफनै सुरक्षा निकायको विरुद्ध आन्दोलन गर न, जो यतिका षड्यन्त्र हुँदा मौन बसेका थिए र छन् पनि ! कहाँ हराएका थिए या लुकेका थिए र छन् त ती हाम्रा सुरक्षा निकाय र खुफिया संयन्त्रहरु जब बिदेशीले सिमा अतिक्रमण गर्दै थियो र छन् ? बर्दीमाथिको आक्रमण र भूमि अतिक्रमण हेरेर बस्ने हाम्रा बहादुर सुरक्षा निकाय के मात्रै आफनो निरीह जनतालाई दमन गर्नका लागि मात्र गठन गरिएको हो त ? राजनीतिक दलपतिहरुको सेवा-सुसारेको रुपमा क्रियाशील सुरक्षा निकाय र खास गरि नेपाली सेना तत्काल विघटन गर्नेबेला आएको होईन त ? नेपालको सम्पूर्ण सुरक्षा निकाय राजनीतिक कठपुतली र दुर्गन्धित राजनीतिको प्रभावमा निकम्मा सावित भएको भान हुँदैगएको अवस्था देखियो, होईन र ? तिमिले तिरेको करबाट पोषित छन ! के को र कस्तो राष्ट्रवाद देखाउन खोजेको हो, मित्रहरु ? यो त आत्मघाती जस्तै देखियो त !

जागौँ समय घर्की सक्यो, अब पनि न जागे कहिले जाग्ने ? देश र जनतालाई भ्रममा परेर पश्चिमाहरुको दामको प्रभावमा हाम्रो धर्म, संस्कृति, संस्कार, परम्परा, सभ्यता, ईतिहास, मौलिकता, एकता, भाइचारा, राष्ट्रियता बेचेर राष्ट्रलाई नै कृश्च्यन बनाउन प्रयासरत हाम्रा राजनीतिक नेतृत्व, भारत र चीनलाई जल-थल-वायु बेच्ने यी तथाकथित गणतन्त्रवादीहरु, अमेरिकी सेना भित्राउने चलखेल गर्दैछन, नेपाललाई अन्तर्राष्ट्रिय क्रिडा स्थल र रणभूमी बनाउने कु-कार्यमा अभ्यस्त छन ! अब विश्व मानचित्रमा नेपाल नै न रहने खतरा देखियो, देश बचाउनु छ भने अर्को कुनै विकल्प बाँकी रहेन अब, सत्ता – ब्यवस्था – संविधान र ब्यवस्थापन परिवर्तन गर्नैपर्ने देखियो, सबै एकजुट भै अन्तिम जोडदार धक्का लगाउनै पर्ने देखियो ! यथासिघ्र “धर्म-निरपेक्ष संघीय लूटतान्त्रिक GUNतन्त्र” लाई बैण्ड-बाजा-बारात को साथ पशुपति आर्यघाटमा विसर्जन गर्नैपर्ने देखियो !

नोट:- मैले मेरो यो लेख मार्फत व्यक्त गरेको अभिव्यक्ति र प्रश्नहरु माथी सार्वजनिक बहस गर्न तैयार छु र मैले लगाएको आरोपहरु / गरेका प्रश्नहरु प्रमाणित गर्ननसकेको खण्डमा हदैसम्मको सजाय भोग्नपनि तैयार छु तर प्रमाणित भएको खण्डमा के यी तथाकथित “धर्म-निरपेक्ष गणतन्त्रवादीहरु” हदैसम्मको सजाय भोग्न तैयार छन त ?

धन्यवाद !!

डा. मनोज मुक्ति “विवेक”

(डा. मनोज कुमार झा)

राष्ट्रिय अध्यक्ष

जनतान्त्रिक तराई मुक्ति मोर्चा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय